ne_tn/gen/50/04.md

3.9 KiB

शोक मनाउने दिन

"तिनको शोक गर्ने दिन" वा "तिनको निम्ति रूने दिन"

योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे

यहाँ "भारदारहरू" ले फारोका दरवारका राजकीय अधिकारीहरूलाई जनाउँछ । अर्को अनुवाद : "योसेफले फारोका अधिकारीहरूसँग कुरा गरे ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

यदि ममाथि तपाईंहरूको निगाह छ भने

अर्को अनुवाद : "यदि मैले तपाईंबाट निगाह पाएको छु भने ।" वा "यदि तपाईं मसँग प्रसन्‍न हुनुहुन्‍छ भने ।" (EN-UDB) ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-metaphor]])

कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदिनुहोस् । मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: 'म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू । तैँले मलाई त्यहीँ गाड्नेछस् ।' यसकारण गएर मेरा बुबालाई त्‍यहीँ गाड्न दिनुहोस्, र त्यसपछि म फर्केर आउनेछु

यसमा दुई वा तहको भनाइ छ । यसलाई अप्रत्‍यक्ष वाक्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "कृपा गरी फारोलाई भनिदिनुहोस् कि मेरा बुबाले मलाई शपथ खान लाउनुभयो कि उहाँको मृत्‍युपछि कनान देशमा उहाँ आफैले खनेर बनाउनुभएको उहाँको चिहानमा मैले उहाँलाई गाड्नेछु । कृपा गरी मलाई जानदिनु हुन भनी फारोलाई भन्‍नुहोस् र त्यसपछि म फर्केर आउनेछु।" ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

म मर्न लागेको छु

"म मर्दैछु ।"

मलाई जान दिनुहोस्

मिश्रबाट कनान जाँदैछु भन्‍नु "जान" वाक्‍यांश प्रयोग गर्नु सामान्‍य कुरा हो ।

फारोले जवाफ दिए

यसको अर्थ फारोका भारदारहरूले फारोसँग कुरा गरेर अहिले फारो योसेफलाई जवाफ दिदैँछन् । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-explicit)

तिमीलाई उनले शपथ खान लाएबमोजिम

"तिमीले उनीसँग शपथ खान अनुसार"

शब्द अनुवाद