ne_tn/gen/49/24.md

4.8 KiB

सामान्‍य जानकारी

याकूबले योसेफ र तिनका सन्‍तानहरूलाई आशिष् दिनलाई निरन्तर दिन्‍छन् ।

त्‍यसको धनु स्थिर रहनेछ

धनुलाई स्थिर रूपमा समाउँदै गरेको व्‍यक्‍तिको बारेमा यसरी लेखिएको छ कि मानौँ धनु आफै स्थिर रहनेछ । त्‍यसले आफ्‍नो निशाना त्‍यसको शत्रुलाई बनाएकोले त्‍यसले आफ्‍नो धनु स्‍थिर समाइराखेको छ भन्‍ने जनाउँछ । अर्को अनुवाद : "त्‍यसले आफ्‍नो निशाना त्‍यसको शत्रुलाई बनाएको हुनाले त्‍यसले आफ्‍नो धनु स्‍थिर समात्‍नेछ ।" ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-explicit]])

त्‍यसको धनु ... त्‍यसका हातहरू

यहाँ "त्‍यसको" ले योसेफलाई जनाउँछ जसले उनका सन्‍तानहरूको प्रतिनिधित्व गर्छ । अर्को अनुवाद : "तिनीहरूका धनु ... तिनीहरूका हातहरू" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

त्‍यसका हातहरू सिपालु हुनेछन्

यहाँ "हातहरू" ले व्‍यक्‍तिको बाहुलाई जनाउँछ किनकि त्‍यसले आफ्‍नो धनु स्‍थिर रूपमा समाउँदै छ । अर्को अनुवाद : "त्‍यसको बाहु बलियो हुनेछ किनकि त्‍यसले आफ्‍नो धनु ताक्छ ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-synecdoche)

शक्तिशाली परमेश्‍वरका हात

"हात" ले परमप्रभुको शक्ति व्‍यक्‍त गर्दैछ । अर्को अनुवाद : "सर्वशक्तिमान‍्को शक्ति" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

त्‍यसका हातहरू सिपालु हुनेछन्

यहाँ "हातहरू" ले व्‍यक्‍तिको बाहुलाई जनाउँछ किनकि त्‍यसले आफ्‍नो धनु स्‍थिर रूपमा समाउँदै छ । अर्को अनुवाद : "त्‍यसको बाहु बलियो हुनेछ किनकि त्‍यसले आफ्‍नो धनु ताक्छ ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

गोठाला

याकूबले परमप्रभुको बारेमा यसरी भन्‍छन् मानौँ उहाँ "गोठाला" हुनुहुन्‍थ्‍यो । यसले परमप्रभुले आफ्‍ना मानिसहरूलाई मार्ग निर्देशन र रक्षा गर्नुहुन्‍छ भन्‍ने कुरामा जोड दिन्‍छ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

चट्टान

याकूब परमप्रभुको बारेमा यसरी भन्‍छन् मानौँ उहाँ चट्टान हुनुहुन्‍छ जसमाथि मानिसहरू आफ्‍ना शत्रुहरूबाट सुरक्षित हुन चढ्न सक्‍छन् । परमप्रभुले आफ्‍ना मानिसहरूलाई रक्षा गर्नुहुन्‍छ भन्‍ने कुरामा यसले जोड दिन्‍छ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद