ne_tn/gen/49/16.md

2.6 KiB

दानले आफ्ना मानिसहरूको न्‍याय गर्नेछ

यहाँ "दान" ले तिनका सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवाद : "दानका सन्‍तानहरूले आफ्‍ना मानिसहरूको न्‍याय गर्नेछ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

आफ्‍ना मानिसहरूको

"आफ्‍ना मानिसहरू" का निम्ति सम्‍भावित अर्थहरू : १) "दानका मानिसहरू" वा २) "इस्राएलका मानिसहरू"

दान बाटोको छेउमा भएको एउटा सर्प ... हुनेछ

याकूब दान र तिनका सन्‍तानहरूका बारेमा यसरी बताउँछ कि मानौँ तिनीहरू सर्प थिए । सर्प सानो भएतापनि, घोडचढीलाई त्‍यसको घोडाबाट पछिल्‍तिर लडाउन सक्‍छ । त्‍यसैले दान सानो कुल भएतापनि, त्‍यसको शत्रुहरूका निम्ति खतरनाक छ । अर्को अनुवाद : "दानको सन्‍तानहरू बाटोको छेउमा भएको सर्पझैँ हुनेछन् । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

हे परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षा गर्छु

भाववाचक नाम "उद्धार" लाई " बचाउनु" भनी अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद : "हे परमप्रभु, मलाई बचाउन होस् भनी म तपाईलाई पर्खिन्‍छु"

म ... प्रतीक्षा गर्छु

"म" शब्‍दले याकूबलाई जनाउँछ ।

शब्द अनुवाद