ne_tn/gen/49/11.md

4.4 KiB

त्‍यसको गधालाई दाखको बोटमा ... उत्तम जातको हाँगामा

दुवै भनाइहरूको अर्थ एउटै हो । दाखको बोट दाखहरूले यति भरिएको थियो कि त्‍यसको मालिकको गधाले त्‍यसबाट केही खाएपनि उनले केही मतलब गर्दैनन् । ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-explicit]])

त्‍यसको ... त्‍यसले

यहाँ भएका सबै "त्‍यसको" वा "त्‍यसले" को सम्‍भावनार्थक अर्थहरू हुन् : १) तिनीहरूले यहूदाको सन्‍तानहरू जनाउँछ ।अर्को अनुवाद : "तिनीहरूका ... "तिनीहरूले" वा २) उत्‍पत्ति-४९:१० मा तिनीहरूले शासकलाई जनाउँछ, जसले मसीहलाई संकेत गर्छ ।

त्‍यसले आफ्‍ना लुगाहरू ... अङ्‌गुरको रसमा धुनेछ

दुवै भनाइहरूको अर्थ एउटै हो । यहाँ धेरै दाखहरू छन् कि तिनीहरूले तिनीहरूका लुगाहरू अङ्‌गुरको रसमा धुन सक्‍छन् । ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-explicit]])

त्‍यसले ... धुनेछ

प्रायजसो अगमवाणीमा भविष्‍यमा हुने घटनाहरूलाई पहिले नै भएको जसरी वर्णन गरिन्‍छ । यसले यो घटना निश्‍चय नै हुनेछ भन्‍ने कुरामा जोड दिन्‍छ अर्को अनुवाद : "तिनीहरूले धुनेछन् । "वा "तिनले धुनेछ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-pastforfuture)

अङ्‌गुरको रस

यसले अङ्गुरको रस बारे बताउँछ मानौँ त्यो रगत थियो । यसले रस कति रातो छ भन्‍ने कुरामा जोड दिन्‍छ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

त्‍यसका आँखा दाखमद्यजस्तै गाढा ... हुनेछन्‌

यसले व्‍यक्‍तिको आँखाको रङ्गलाई दाखमद्यको रातो रङ्गको रूपमा जनाउँछ । सम्‍भावित अर्थहरू: १) गाढा आँखाले स्‍वस्‍थ आँखालाई जनाउँछ । वा २) धेरै मात्रामा दाखमद्य पिएका कारण मानिसहरूका आँखा राता हुनेछन् । ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-simile]] र [[rc:///ta/man/translate/figs-explicit]])

त्‍यसका दाँत दुधजस्ता सेता

यसले व्‍यक्‍तिको दाँतको रङ्गलाई सेतो दूधसँग तुलना गर्छ । यसले तिनीहरूले प्रशस्‍तै मात्रामा दूध पिउन पाउने गरि त्‍यहाँ धेरै स्वस्थ गाईहरू हुनेछन् भन्‍ने जनाउँछ । ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-simile]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद