ne_tn/gen/48/21.md

4.0 KiB

तिमीहरूका साथमा हुनुहुनेछ ... तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूको ... फर्काएर लैजानुहुनेछ

यहाँ "तिमीहरू" र "तिमीहरूका" बहुवचन हो र यसले सबै इस्राएलका मानिसहरूलाई जनाउँछ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-you)

तिमीहरूका साथमा हुनुहुनेछ

यो एक वाक् पद्धति हो जसको अर्थ परमेश्‍वरले सहायता गर्नुहुनेछ र इस्राएलका मानिसहरूलाई आशिष् दिनुहुनेछ । अर्को अनुवाद : "परमेश्‍वरले तिमीहरूलाई सहायता गर्नुहुनेछ ।" वा " परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-idiom)

तिमीहरूलाई ... फर्काएर लैजानुहुनेछ

यहाँ "लैजानु" लाई "ल्‍याउनु" मा पनि अनुवाद गर्न सकिन्‍छ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-go)

तिमीहरूका पिता-पुर्खाहरूको देशमा

"तिमीहरूका पुर्वजहरूको देशमा"

तेरा दाजुभाइहरूभन्‍दा तँमाथि भएकोले मैले ... पहाडको पाखा म तँलाई दिन्छु

सम्‍भाविक अर्थहरू : १) योसेफले तिनका दाजुभाइहरूभन्‍दा बढी आदर र अधिकार हुनुलाई यसरी लेखिएको छ कि मानौँ उनी शारीरिक रूपमा तिनीहरूभन्‍दा माथि थिए । अर्को अनुवाद : "तँ जो तेरा दाजुभाइहरूभन्‍दा महान् छस् म तँलाई पहाड़को पाखा दिन्छु ।" वा २) यसको अर्थ याकूबले योसेफका दाजुभाइहरूभन्‍दा योसेफलाई बढी भूमि दिदैँ छन् भन्‍ने हो । अर्को अनुवाद: "म तँलाई तेरा दाजुभाइहरूलाई दिएको भन्दा एउटा बढी आली दिन्छु । म तँलाई पहाड़को पाखा दिन्छु ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

तँलाई

यहाँ "तँ" एकवचन हो र यसले योसेफलाई जनाउँछ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-you)

मैले आफ्‍नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा

यहाँ "तरवार" र "धनु" ले युद्धमा लडाई गर्नु भन्‍ने जनाउँछ । अर्को अनुवाद : "जमिनको हिस्‍सा जसको निम्‍ति मैले लडाई गरेर एमोरीहरूबाट लिए ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद