ne_tn/gen/48/11.md

2.1 KiB

तेरो मुख फेरि देख्‍न

यहाँ "मुख" ले सिङ्गो व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद : "तँलाई फेरि देख्‍न" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-synecdoche)

इस्राएलका घुँडाको बिचबाट

जब योसेफले आफ्‍ना छोराहरूलाई इस्राएलको काख वा घुँड़ामा राखिदिए तब त्‍यो इस्राएलले तिनीहरूलाई आफ्‍नो बनाएको चिन्‍ह भयो । यसले ती छोराहरूलाई याकूबबाट विशेष पैत्तिक अधिकार दियो । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-symaction)

र तिनले भूइँमा घोप्‍टेर दण्डवत् गरे

योसेफले आफ्‍नो पितालाई आदर दिन घोप्‍टेर दण्डवत् गरे । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-symaction)

मनश्‍शेलाई आफ्‍नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी

योसेफले तिनका छोराहरूलाई ल्‍याए ताकि इस्राएलले तिनको दाहिने हात मनश्‍शेमाथि राखून् । मनश्‍शे जेठो दाजु थिए र दाहिने हात तिनमाथि पर्नु भन्‍नाले तिनले ठूलोआशिष् पाउनेछन् भन्‍ने चिन्‍ह थियो । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद