ne_tn/gen/48/05.md

2.7 KiB

अब

यसको अर्थ "यही समयमा" भन्‍ने होइन तर यो आउन लागेको महत्त्वपूर्ण कुरामा ध्‍यानाकर्षन गर्नलाई प्रयोग गरिएको छ ।

एफ्राइम र मनश्‍शे मेरै हुनेछन्‌

योसेफका दाजुभाइहरूझैँ एफ्राइम र मनश्‍शे प्रत्‍येकले जमिनको अंश पाउनेछन् ।

यिनीहरूका नाम पनि यिनका दाजुभाइहरूले पाउने हकमा सूचीबद्ध गरिनेछ

सम्‍भावित अर्थहरूः १) एफ्राइम र मनश्‍शे कुलको भागको रूपमा योसेफका बाँकी छोराछोरीहरूले जमिनको हक पाउनेछन् । वा २) एफ्राइम र मनश्‍शेबाट योसेफलाई छुट्टै जमिनको अधिकार दिइनेछ र योसेफका अरू सन्‍तानहरूले त्‍यो जमिन अधिकार गर्नेछन् । अर्को अनुवाद : "तिनीहरूको उत्तराधिकारको निम्‍ति, तैँले तिनीहरूलाई तिनीहरूका दाजुभाइहरूको नामको सूचीमा राख्‍नेछस् ।"

एप्रात

यो बेथलेहेम सहरको अर्को नाम हो । उत्‍पत्ति ३५:१६ मा तपाईंले यस सहरको नाम कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

अर्थात्‌ बेथलेहेम

लेखकले पृष्ठभूमिको जानकारी दिँदै छन् । ( हेर्नुहोस् : rc://*/ta/man/translate/writing-background)

शब्द अनुवाद