ne_tn/gen/48/03.md

4.4 KiB

लूज

यो एउटा सहरको नाम हो । उत्‍पत्ति २८:१९ मा तपाईंले यस सहरको नाम कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-names)

कनान देशको लूजमा ... उहाँले मलाई आशीर्वाद दिनुभयो र भन्‍नुभयो

यसलाई फरक ठाउँबाट सुरू गरेर नयाँ वाक्‍यमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद : "कनान देशमा ... उहाँले मलाई आशीर्वाद दिएर भन्‍नुभयो ।"

आशीर्वाद दिनुभयो

यसले औपचारिक रूपमा परमेश्‍वरले कसैलाई आशिष् बोल्‍नुभएको जनाउँछ ।

मलाई ... र भन्‍नुभयो, 'हेर, म तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु, र तेरो वृद्धि गराउनेछु । तँबाट म जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु । म यो देश अनन्‍त अधिकारको रूपमा तेरा सन्‍तानलाई दिनेछु

यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्यक्ष वाक्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "र मलाई भन्‍नुभयो कि उहाँले मलाई फलदायी बनाउनुहुनेछु र मलाई वृद्धि गराउनुहुनेछु। अनि उहाँले मबाट जातिहरूको समूह उत्‍पन्‍न गर्नेहुने र मेरा सन्‍तानहरूलाई यो देश अनन्‍तसम्‍म अधिकार गर्न दिनेहुने भन्‍नुभयो ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

हेर

परमेश्‍वरले यहाँ "हेर" शब्‍द उहाँले याकूबलाई भन्‍न लाग्‍नुभएको कुरामा धन्‍य दिन सचेत गर्न प्रयोग गर्नुभयो ।

म तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु

"तेरो वृद्धि गराउनेछु" वाक्‍यांशले परमेश्‍वरले याकूबलाई कसरी "फल्‍दो-फुल्‍दो" बनाउनुहुनेछ भनी वर्णन गर्छ । अर्को अनुवाद : "म तँलाई धेरै सन्‍तानहरू दिनेछु ।" ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-idiom]])

तँबाट म जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु

यहाँ "तँ" ले याकूबलाई जनाउँछ, तर यसले याकूबको सन्‍तानहरू भन्‍ने अर्थ दिन्‍छ । अर्को अनुवाद : "म तेरा सन्‍तानहरूलाई धेरै जातिहरू बनाउनेछु ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

अनन्‍त अधिकार

"सदाको अधिकार"

शब्द अनुवाद