ne_tn/gen/47/18.md

3.0 KiB

आएर तिनीहरूले

"मानिसहरू योसेफकहाँ आए ।"

हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ

मानिसहरूले योसेफलाई "हाम्रा मालिक" भनेर सम्‍बोधन गर्छन् । ठूलो अधिकार भएकासँग बोल्‍ने यो औपचारिक तरिका हो । यसलाई द्वितीय पुरूषमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "हाम्रा मालिक, हामी तपाईंबाट केही कुरा पनि लुकाउँदैनौँ ।" वा "हामी तपाईंबाट केही कुरा पनि लुकाउँदैनौँ ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-123person)

हजुरको आँखाको सामुन्‍ने ... अरू केही छैन

यहाँ "आँखा" ले योसेफ आफैलाई जनाउँछ । अर्को अनुवाद : "हाम्रा मालिक तपाईंलाई दिन हामीसँग केही बाँकी छैन ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्‍ने किन नष्ट हुने?

यहाँ "आँखा" ले योसेफको द‍ृष्‍टि जनाउँछ । अन्‍न किन्‍न नपाएर तिनीहरू कति निरास थिए भनेर जोड दिन मानिसहरूले यो प्रश्‍न गरे । यस प्रश्‍नलाई भनाइको रूपमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद : "बिन्‍ती छ हामीहरू मरेका र हामीहरूको जमिन उजाड भएको नहेर्नुहोस् !" ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-rquestion]])

हामी र हाम्रा जमिन ... किन नष्‍ट हुने

रोप्‍नलाई त्‍यहाँ कुनै बीउ नभएकोले जमिन काम नलाग्‍ने र उजाड हुन्छ । त्‍यसैले जमिन नष्‍ट हुनेछ भनिएको छ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद