ne_tn/gen/45/19.md

3.1 KiB

सामान्‍य जानकारी

योसेफले आफ्‍ना दाजुभाइहरूलाई के भन्‍नुपर्छ भनी फारोले तिनलाई भन्‍न निरन्‍तर बताउँछन् ।

अब

यसको अर्थ यहि समयमा भन्‍ने हुदैँन, तर यो अब हुन लागेका कुराहरूमा ध्यान आकर्षण गर्न प्रयोग गरिन्‍छ ।

तिमीहरूलाई यसो भन्‍ने आज्ञा पनि दिइएको छ, 'तिमीहरूका छोराछोरी र तिमीहरूका पत्नीहरूका लागि मिश्र देशका गाडाहरू लिएर जाओ तिमीहरूका पितालाई लिएर आओ । तिमीहरूका धन-सम्पत्तिको बारेमा चिन्ता नमान किनकि मिश्र देशका सबै असल-असल थोकहरू तिमीहरूकै हुन्' ।"

यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्‍यक्ष वाक्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "तिनीहरूका छोराछोरीहरू र पत्‍नीहरूका निम्‍ति मिश्रदेशबाट गाड़ाहरू पनि लैजा भन र तिनीहरूका पितालाई यहाँ लिएर आओ। तिनीहरू तिनीहरूका धन-सम्पत्तिहरू ल्‍याउने बारेमा तिनीहरूले फिक्री गर्नुपर्दैन, किनकि मिश्रमा हामीसँग भएका सबै असल-असल कुराहरू म तिनीहरूलाई दिनेछु।" ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

तिमीहरूलाई ... आज्ञा दिइएको छ

यसलाई कर्मवाच्यमा मा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "तिनीहरूलाई यो पनि भन्‍न भनी म तिमीलाई आज्ञा गर्छु । "वा "तिनीहरूलाई यो पनि भन्‍न" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-activepassive)

गाड़ाहरू लिएर जाओ

"गाड़ाहरू" भनेको दुई वा चारवटा पाङ्‍गाहरू हुने मालगाडी हुन् । गाईवस्‍तुहरूले गाड़ाहरू तानछन् ।

शब्द अनुवाद