ne_tn/gen/45/16.md

3.4 KiB

"योसेफका दाजुहरू आएका छन्‌" भन्‍ने खबर फारोको घरमा पुग्‍यो

यो भनाइ भित्रको भनाइ हो । यसलाई अप्रत्‍यक्ष वाक्‍यामा लेख्‍न सकिन्‍छ । यसलाई कर्मवाच्यमा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "फारोको दरवारमा भएका सबैले योसेफका दाजुभाइहरू आएका छन् भन्‍ने सुने ।" ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]] र rc://*/ta/man/translate/figs-activepassive)

फारोको घर

यसले फारोको दरवार जनाउँछ ।

तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ । तिमीहरूका पिता र घरानाहरूलाई लिएर मकहाँ आओ । म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु, र तिमीहरूले यस देशका स्वादिष्ट मासु खानेछौ

यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्‍यक्ष भनाइमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "तिम्रा दाजुभाइहरूलाई तिनीहरूका गाईवस्‍तुहरू लदाएर तिनीहरू र तिनीहरूका पिता र परिवारकहाँ कनानमा फर्केर जान भन । तिनीहरूलाई यहाँ मकहाँ आउन भन्‍नु र म तिनीहरूलाई मिश्रमा असल भूमि र हामीसँग भएका असल भोजन तिनीहरूलाई दिनेछु ।" ( हेर्नुहोस् [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु

"म तिमीहरूलाई मिश्रमा उत्तम ठाउँ दिनेछु ।"

तिमीहरूले यस देशका स्वादिष्ट मासु खानेछौ

भूमिले दिने असल खानेकुराको बारेमा यसरी बताइएको छ मानौ त्‍यो देशको स्‍वादिष्‍ट मासु हो । अर्को अनुवाद : "जमिनको असल खानेकुरा तिमीहरूले खानेछौ ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद