ne_tn/gen/45/04.md

2.4 KiB

जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ

यसको अर्थ अझ स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद : "जसलाई तिमीहरूले कमारोको रूपमा व्‍यापारीको हातमा बेच्‍यौ तिनीहरूले मलाई मिश्रमा ल्‍याए ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-explicit)

अपसोस नमान

"उदास नहोओ" वा "व्‍याकुल नहोओ"

तिमीहरूले मलाई बेचेकोमा

यसको अर्थ अझ स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद : "तिमीहरूले मलाई कमारोको रूपमा बेच्‍यौ र यहाँ मिश्रमा पठायौ ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-explicit)

जीवन बचाउन

यहाँ "जीवन"ले अनिकालको समयमा योसेफले मर्नबाट बचाएका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद : "ताकि मैले धेरैको जीवन बचाउन सकूँ ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

अझै पाँच वर्ष न हलो जोतिनेछ न कटनी गरिनेछ

"अझै पाँच वर्षसम्‍म कहीँ पनि केही रोपिनेछैन वा कटनी गरिनेछैन । " यहाँ " न हलो जोतिनेछ न कटनी गरिनेछ।" भन्‍नाले अनिकालको कारण फसल अझै फल्‍नेछैन । अर्को अनुवाद : "अनि अनिकाल अझै पाँच वर्ष हुनेछ ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद