ne_tn/gen/44/33.md

2.4 KiB

तपाईंका दासलाई ... दिनुहोस्

यहूदाले आफैलाई "तपाईंका दास" भनेर सम्बोधन गर्छ । यो एउटा ठूलो अख्तियार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवाद‍ः "मलाई, तपाईका दासलाई ... दिनुहोस्" वा "मलाई ... दिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

हजुरको

यहूदाले योसेफलाई "हजुर" भनेर सम्बोधन गर्छन् । अर्को अनुवाद‍ः "मेरा मालिकको" अथवा "तपाईंको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

किनकि ठिटालाई नलिईकन म कसरी मेरा पिताकहाँ जान सक्छु र ?

बेन्यामीन घर फर्केन भने तिनलाई हुने पिडालाई जोड दिन यहूदाले प्रश्‍नको प्रयोग गर्छन् । अर्को अनुवाद‍ः "यदि ठिटा मसित छैन भने म मेरा पिताकहाँ फर्कन सक्दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मेरा पितामाथि आइपर्ने खराबी हेर्नदेखि म डराएको छु

नराम्रोसँग दुःख भोगिरहेको एउटा व्यक्तिलाई यहाँ "खराबी" कुनै व्यक्तिमाथि आउने कुरा झै बताइएको छ । अर्को अनुवाद‍ः "मेरा पिताले कति दुःख भोग्‍नुहुनेछ भनी हेर्न म डराएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद