ne_tn/gen/44/30.md

4.4 KiB

त्यसकारण ... पुग्दा ... शोकमै पातलामा

आफू बेन्यामीन बिना फर्कँदा के हुनेछ भनी तिनले आशा गरेको बारे यहूदाले योसेफलाई वास्तविक तर अनुमानित घटनाको वर्णन गर्दैछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

म हजुरका दास ... पुग्दा

यहाँ "पुग्दा"लाई "जाँदा" अथवा "फर्कँदा"भनी अनुवाद गर्न सकिन्छ ।

ती ठिटा मसित छैनन्

"ती केटो हामीसित छैनन्"

उहाँको जीवन ती ठिटाको जीवनमा जोडिएकाले

तिनको छोरा मर्दा तिनी पनि मर्नेछन् भन्‍ने पिताको भनाइलाई तिनीहरू दुवैको जीवन शारीरिक रूपमा एकसाथ जोडिएको झै बताइएको छ । अर्को अनुवाद‍ः "ठिटा फर्केर आएनन् भने उहाँ मर्नुहुनेछ भनी उहाँले भन्‍नुभएकाले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंका दासहरूले हाम्रा पिताको फुलेको कपाललाई शोकमै पातलामा पुर्‍याउनेछन्

"अनि हामीले हाम्रा वृद्ध पितालाई शोकको कारण मर्ने तुल्याउनेछौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तपाईंका दासहरू

यहूदाले आफूलाई र आफ्ना दाजुभाइहरूलाई "तपाईंका दास" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवाद‍ः "अनि हामी, तपाईंका दास" वा "अनि हामी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

हाम्रा पिताको फुलेको कपाल

यहाँ "फुलेको कपाल"ले याकूबलाई जनाउँछ र तिनको वृद्ध उमेरलाई जोड दिन्छ । अर्को अनुवाद‍ः "हाम्रा वृद्ध पिता" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

किनकि तपाईंका दास मेरा पिताको अगि म ती ठिटाको जमानी बसेको छु

"जमानी" भाववाचक नामलाई "प्रतिज्ञा गर्नु" क्रियापदद्वारा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "किनकि मैले मेरा पितालाई ती ठिटाको विषयमा प्रतिज्ञा गरेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

किनकि तपाईंका दास

यहूदाले आफैलाई "तपाईंका दास" भनेर सम्बोधन गर्छ । अर्को अनुवाद‍ः "किनकि म, तपाईंको दास" वा "किनकि म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

म मेरा पिताको सामु सदाको लागि दोषी ठहरिनेछु

अर्को अनुवाद‍: "मेरा पिताले मलाई दोषी ठहराउनुहुोला" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद