ne_tn/gen/44/27.md

4.9 KiB

सामान्य जानकारी:

यहूदाले योसेफलाई आफ्नो कथा जारी राख्छ ।

हामीलाई भन्‍नुभयो, 'मेरी पत्‍नीले मेरा लागि दुई जना छोरा जन्माएकी कुरा त तिमीहरूलाई थाहै छ । एउटाले मलाई छाडेर गइसकेपछि मैले भनेँ, 'निश्‍चय नै, त्यसलाई धुजाधुजा पारिएको छ, र त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ । अब तिमीहरूले यसलाई पनि मबाट लिएर गयौ र यसमाथि कुनै हानि आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ ।'

यसमा दुई र तिनवाट उद्धरणहरू छन् । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "हामीलाई भन्‍नुभयो कि उहाँकी पत्‍नी राहेलले उहाँको लागि दुई जना छोरा मात्र जन्माएकी कुरा त हामीहरूलाई थाहै छ, अनि तिनीहरू मध्ये एउटाले छाडेर गयो र कुनै पशुले त्यसलाई धुजाधुजा पार्‍यो, र त्यस बेलादेखि उहाँले त्यसलाई देख्‍नुभएको छैनँ । त्यसपछि उहाँले भन्‍नुभयो कि यदि हामीले उहाँको अर्को छोरालाई लिएर गयौँ र त्यसलाई कुनै हानि आइपर्‍यो भने हामीले उहाँलाई शोकले मर्ने तुल्याउनेछौँ ।' (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

हामीलाई भन्‍नुभयो

यहाँ "हामी"ले योसेफलाई समावेश गर्दैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclusive)

तिमीहरूलाई थाहै छ

यहाँ "तिमीहरू"ले ती दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

त्यसलाई धुजाधुजा पारिएको छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "एउटा जङ्गली पशुले त्यसलाई धुजाधुजा परेको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यसमाथि कुनै हानि आइपर्‍यो

एउटा व्यक्तिलाई केहि नराम्रो कुरा हुनुलाई यहाँ "हानि" एउटा मानिसकहाँ यात्रा गरेर आउने कुराझै बताएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ

"तिमीहरूले ... पातालमा पुर्‍याउने‍छौ" भनाईको अर्थ यो हो कि तिनीहरूले तिनलाई मरेर पातालमा जाने तुल्याउने छन् । अर्को अनुवाद‍ः "त्यसपछि तिमीहरूले यस वृद्ध मानिस अर्थात मलाई शोकको मृत्यु मर्ने तुल्याउनेछौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मेरो फुलेको कपाल

यसले याकूबलाई जनाउँछ र तिनको वृद्ध उमेरलाई जोड दिन्छ । अर्को अनुवाद‍ः "म, एक वृद्ध मानिसलाई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद