ne_tn/gen/44/20.md

4.6 KiB

सामान्य जानकारी:

यहूदा योसेफको सामु बोल्न जारी राख्छ ।

हामीले हजुरलाई भन्यौँ, 'हाम्रा वृद्ध पिता हुनुहुन्छ ... तिनका पिताले तिनलाई माया गर्नुहुन्छ ।'

यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "अनि हामीले हजुरलाई हाम्रा वृद्ध पिता हुनुहुन्छ भनेर भन्यौँ ... तिनका पिताले तिनलाई माया गर्नुहुन्छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

हामीले हजुरलाई भन्यौँ

यहूदाले योसेफलाई "हजुर" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवादः "हजुर, हामीले तपाईंलाई भन्‍यौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

तिनका पिताले तिनलाई माया गर्नुहुन्छ

यसले मित्र अथवा परिवारको सदस्यलाई गरिने प्रेमलाई जनाउँछ ।

त्यसपछि तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, 'तिनलाई लिएर आओ ताकि मैले तिनलाई देख्‍न सकूँ ।'

यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "अनि तपाईले हाम्रा कान्छो भाइलाई देख्‍न सक्नु भएकोहोस् भनेर आफ्ना दासहरूलाई तिनलाई तपाईंकहाँ ल्याउन भन्‍नुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

त्यसपछि तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो

यहूदाले आफूलाई र आफ्ना दाजुभाइहरूलाई "आफ्ना दासहरू" भनेर सम्बोधन गर्छन् । अर्को अनुवाद‍ः "त्यसपछि तपाईले आफ्ना दासहरू, हामीलाई भन्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

तिनलाई लिएर आओ

अर्को अनुवाद‍:"तिनलाई मकहाँ लिएर आओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यसपछि हामीले हजुरलाई भन्यौँ, 'ठिटोले ... पिता मर्नेछन् ।'

यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "प्रतिउत्तारमा, ठिटोले ... सक्दैनन् भनेर हामीले हजुरलाई भन्यौँ ... पिता मर्नेछन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

तिनका पिता मर्नेछन्

तिनीहरूका पिता शोकले मर्नेछन् भनेर यसले बताएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद