ne_tn/gen/44/16.md

4.8 KiB

मेरा मालिकलाई हामी के भनौँ ? हामी के बोलौँ ? वा हामीले आफूलाई कसरी सफाइ दिऔँ ?

तिनवटै प्रश्‍नहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छ । तिनीहरूले के घटयो भनेर बताउन सक्ने कुरा त्यहाँ केहि नभएको भनी जोड दिन तिनीहरूले यी प्रश्‍नहरूको प्रयोग गर्छन् । अर्को अनुवाद‍ः "हामीसँग भन्‍नलाई केहि छैन, मेरा मालिक । हामी कुनै महत्त्वपूर्ण कुरा बोल्न सक्दैनौँ । हामीले आफूलाई सफाइ दिन सक्दैनौँ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-rquestion]])

मेरा मालिकलाई हामी के भनौँ ... मेरा मालिकका दास

यहाँ "मेरा मालिक"ले योसेफलाई जनाउँछ । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई द्वितीय पुरुषमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तपाईंलाई हामी के भनौँ ... तपाईंका दास" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

परमेश्‍वरले तपाईंका दासहरूको अपराध पत्ता लगाउनुभएको छ

यहाँ "पत्ता लगाउनुभएको छ" वाक्यांशले दाजुहरूले गरेका कुरा परमेश्‍वरले भर्खर पत्ता लगाउनुभयो भन्‍ने होइन । यसले भन्‍न खोजेको कुरा यो हो कि तिनीहरूले गरेका कुराको निम्ति परमेश्‍वरले तिनीहरूलाई अहिले दण्‍ड दिँदैहुनुहुन्छ । अर्को अनुवाद‍ः "परमेश्‍वरले हामीलाई हाम्रा विगतका पापको कारण दण्‍ड दिँदैहुनुहुन्छ ।

तपाईंका दासहरूको अपराध

ती दाजुभाइहरूले आफैलाई "तपाईंका दास" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई प्रथम पुरुषमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "हाम्रा अपराध" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

र त्यो व्यक्ति जसको हातमा त्यो कचौरा फेला पर्‍यो

यहाँ "हात"ले पुरा व्यक्तिलाई जनाउँछ । साथै, "फेला पर्‍यो"लाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "र त्यो व्यक्ति जससँग तपाईंको कचौरा थियो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-activepassive]])

त्यो मानिस जसको हातमा कचौरा फेला पारियो

यहाँ "हात"ले पुरा व्यक्तिलाई जनाउँछ । साथै, "फेला पारियो"लाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "मेरो कचौरा लिएको व्यक्ति" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद