ne_tn/gen/44/06.md

2.2 KiB

तिनीहरूलाई ती वचनहरू भन्यो

यहाँ "वचनहरू"ले बताएका कुराहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "योसेफले त्यसलाई बताउन लगाएका कुराहरू भन्यो"

किन मेरा मालिकले यस्ता कुराहरू गर्नुहुन्छ ?

यहाँ "कुराहरू"ले जे बताएको थियो त्यसलाई जनाउँछ । ती दाजुभाइहरूले "मेरा मालिक" भनेर भण्डारेलाई सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई द्वितीय पुरुषको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तपाईं किन यस्तो भन्‍दै हुनुहुन्छ, मेरा मालिक ?" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-123person]])

तपाईंका दासहरूले कहिल्यै यस्तो कुरा गर्न सक्दैनन्

ती दाजुभाइहरूले आफैलाई "तपाईका दासहरू" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवाद‍ः "हामीले यस्तो कुरा कहिल्यै गर्न सक्दैनौँ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

शब्द अनुवाद