ne_tn/gen/43/32.md

4.3 KiB

नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के । मिश्रीहरूले छुट्टै खाना खाए

यसको अर्थ योसेफ, ती दाजुभाइहरू, र अरू मिश्रीहरू एउटै कोठाभित्र तिन अलग ठाउँहरूमा खाइरहेका छन् । अर्को अनुवाद‍ः "नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के अनि मिश्रीहरू जो तिनीसित खाइरहेका थिए तिनीहरू छुट्टै खाना खाए"

मिश्रीहरूले छुट्टै खाना खाए

यिनीहरू शायद अरू मिश्री अधिकारीहरू हुनसक्छन् जसले योसेफसँगै खाए तर यिनीहरू तिनी र हिब्रु दाजुभाइहरूबाट अलगै बसे ।

किनकि तिनीहरूले हिब्रूहरूसित खान सक्दैनथे। त्यसो गर्नु मिश्रीहरूका लागि अत्यन्तै घृणित कुरो थियो

यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छः "तिनीहरूले यसो गरे किनकि मिश्रीहरूले सोचे कि हिब्रुहरूसँग खानु शर्मशील कुरा थियो ।"

दाजुहरू योसेफका सामु बसे

हरेक दाजु वा भाइ कहाँ बस्‍ने भनेर योसेफले व्यवस्था गरेका थिए भन्‍ने कुरा निहित हो । यस निहित कुरालाई तपाईले स्पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवाद‍ः " त्यस मानिसले तिनीहरूका स्थान मिलाए अनुसार दाजुभाइहरू तिनको वरपर बसे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरू जेठादेखि कान्छासम्म मिलेर बसेका

सबै दाजुभाइहरू तिनीहरूका आ-आफ्नै जन्मको क्रम अनुसार बसेका थिए भनेर बुझाउन यहाँ "जेठा" र "कान्छा" एकसाथ प्रयोग गरिएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

तिनीहरू सबै सँगसँगै छक्क परेका थिए

तिनीहरूले यो थाहा पाउँदा तिनीहरू ज्यादै चकित भए ।

तर बेन्यामीनको भागचाहिँ अरू कुनै दाजुहरूको भन्दा पाँच गुणा बेसी थियो

वाक्यांश "पाँच गुणा"लाई अझै विस्तृतरूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तर बेन्यामीनले चाहिँ तिनका दाजुहरूले पाएका भन्दा निकै ठूलो भाग पाए"

शब्द अनुवाद