ne_tn/gen/41/50.md

3.6 KiB

अनिकालका वर्षहरू सुरु हुनुभन्दा अगि

वर्षहरू यात्रा गरी कुनै ठाउँमा आउने कुराझैँ यसले त्यसको बारे बताउछ । अर्को अनुवाद‍ः "अनिकालको सात वर्ष सुरु हुनभन्दा अगि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आसनत

"आसनत" फारोले योसेफलाई उनको पत्‍नीको रूपमा दिएको स्‍त्रीको नाउँ हो । उत्पत्ति ४१‍ः४५मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

पोतीपेराकी छोरी

"पोतीपेरा" आसनतको पिता हो । उत्पत्ति ४१‍ः४५मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

ओनका पुजारी

ओन एउटा सहर हो जसलाई हेलीओपोलिस पनि भनिन्छ, जुन "सूर्यको सहर" र सूर्य देवलाई पुज्‍ने केन्द्र थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मनश्शे

अनुवादकले यस्तो पादटिप्पणी थप्‍न सक्छन्ः "'मनश्शे' नाउँको अर्थ 'बिर्सन लगाउनु' हो" ।

पिताका घराना

यसले योसेफका पिता याकूब र उनका परिवारलाई जनाउँछ ।

एफ्राइम

अनुवादकले यस्तो पादटिप्पणी थप्‍न सक्छन्ः "'एफ्राइम' नाउँको अर्थ 'फलिफाप हुनु' वा 'छोराछोरीहरू पाउनु' हो" ।

मेरो फलिफाप गराउनुभएको

यहाँ "फलिफाप"ले उन्‍नति हुनु वा छोराछोरीहरू पाउनुलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मेरो कष्टको देशमा

"कष्ट" भाव वाचक नामलाई "मैले दुःख भोगेको" को रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "मैले दुःख भोगेको यस देशमा" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद