ne_tn/gen/41/39.md

3.3 KiB

कुशल ... अरू कोही छैन

"निर्णय गर्नमा यति सक्षम अरू कोही पनि छैन ।" उत्पत्ति ४१‍ः३३मा "कुशल"लाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिमी नै मेरो घरको अधिकारी हुनेछौ

यहाँ "घर"ले फारोको दरबार र दरबारमा भएका मानिसहरूलाई जनाउँछ । वाक्यांश "अधिकारी हुनेछौ"को अर्थ योसेफले अधिकार पाउनेछन् । अर्को अनुवाद‍ः "मेरो दरबारमा भएका सबै जनामाथि तिमीलाई जिम्म दिइनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-idiom]])

तिम्रो वचनअनुसार नै मेरा सबै मानिस चल्नेछन्

यहाँ "वचन"ले आदेश वा भनेको कुरालाई जनाउँछ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तिमीले मेरा मानिसहरूमाथि राज्य गर्नेछौ र तिमीले जे आदेश दिन्छौ तिनीहरूले त्यही गर्नेछन्" ((हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सिंहासनमा मात्रै

यहाँ "सिंहासन"ले राजाको रूपमा फारोको शासनलाई जनाउँछ । अर्को अनुवाद‍ः "मेरो राजाको भूमिकामा मात्रै"

हेर, मैले तिमीलाई ... तुल्याएको छु

यहाँ "हेर" शब्दले राजाले भन्‍न लगेको अर्को कुरालाई जोड दिन्छ ।

मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु

"अधिकारी तुल्याएको छु" वाक्यांशको अर्थ अधिकार दिने हो । यहाँ "देश"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "मैले तिमीलाई मिश्रका सबै जनामाथि जिम्मावाल तुल्याएको छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद