ne_tn/gen/41/09.md

4.1 KiB

मुख्य पियाउने

राजालाई मद्य टक्र्याउने सबैभन्दा महत्वपूर्ण व्यक्ति । उत्पत्ति ४०:२मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

आज म मेरो दोषको बारेमा सोच्दै छु

"आज" शब्द जोड दिनको लागि प्रयोग गरिएको छ । तिनको "दोष" यो हो कि तिनले फारोलाई केहि कुरा धेरै अगाडि भन्‍नुपर्ने थियो तर तिनले भनेनन् । अर्को अनुवाद‍ः "मैले भर्खर मात्र महसुस गरे कि मैले तपाईलाई केहि कुरा भन्‍न भुले"

फारो ... रिसाउनु भई

पियाउनेले फारोलाई तृतीय पुरुषको रूपमा उल्लेख गर्दैछन् । यो कम अधिकार भएको व्यक्तिले धेरै अधिकार भएको व्यक्तिसित बोल्ने एउटा सामान्य तरिका हो । अर्को अनुवाद‍ः "तपाईं, फारो ... रिसाउनु भई" ((हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

आफ्ना नोकरहरूसित

यहाँ "आफ्ना"ले फारोलाई जनाउँछ । यहाँ "नोकरहरू"ले मुख्य पियाउने र खुवाउनेलाई जनाउँछ । अर्को अनुवाद‍ः "आफ्ना नोकरहरू, हामीसित" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्तानको कैदखानामा राख्नुभयो

"मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकहरूका कप्‍तानको निरीक्षणमा रहेको झ्यालखानामा राख्‍नुभयो ।" यहाँ "कैदखाना"ले झ्यालखानालाई जनाउँछ ।

अङ्गरक्षकका कप्तानको

राजकिय अङ्गरक्षकमाथि जिम्मा दिइएको सैनिक । उत्पत्ति ४०:२-३मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मुख्य पकाउने

राजाको लागि भोजन तयार गर्ने सबै भन्दा मुख्य व्यक्ति । उत्पत्ति४०‍ः२-३मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनी र मैले एउटै रात सपना देख्यौँ

"एक रात हामी दुवैले सपना देख्यौँ"

हामीले ... सपना देख्यौँ

यहाँ "हामीले" मुख्य पियाउने र खुवाउनेलाई जनाउँछ । ((हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclusive)

हामीले आ-आफ्नो अर्थ भएका सपना देख्यौँ

"हाम्रो सपनाको बेग्लाबेग्लै अर्थ थियो"

शब्द अनुवाद