ne_tn/gen/41/04.md

2.4 KiB

नसप्रेका र दुब्ला-दुब्ला

"कमजोर र दुब्ला ।" उत्पत्ति ४१:३मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

सप्रेका र मोटा-मोटा

"स्वास्थ्य र पोसाएको ।" उत्पत्ति ४१:२मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

ब्युँझे

"जागे"

अर्को

"अर्को" शब्द क्रमसङ्ख्या हो । अर्को अनुवाद‍ः "फेरि" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

सातवटा ... अनाजका बाला

बाला अन‍ाजको बोटको भाग हो जसमा दानाहरू लाग्छन् ।

एउटै डाँठमा उम्रे

"एउटै डाँठमा उम्रयो" । डाँठ बोटको मोटो वा अग्लो भाग हो ।

भरिला र असल ... एउटै डाँठमा

"ती स्वास्थ्य र सुन्दर ... थिए र एउटै डाँठमा"

सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "जुन सेप्रा र पूर्वबाटको तातो बतासको कारण ओइलाएका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पूर्वीय बतास

पूर्वबाटको बताास मरुभूमितिरबाट चल्यो । पूर्वीय बतासको ताप प्रायजसो ज्यादै विनाशकारी हुन्थ्यो ।

पलाए

"बढे" वा "सप्रे"

शब्द अनुवाद