ne_tn/gen/40/20.md

3.1 KiB

त्यसपछिको तेस्रो दिन

"त्यसपछि, तेस्रो दिनमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-newevent)

तिनले ... भोजको आयोजना गरे

"तिनले ... भोज दिए"

मुख्य पियाउने

यिनी मद्य तयार गरेर राजालई टक्र्याउने मुख्य व्यक्ति थिए । उत्पत्ति ४०:२मा यी कुराहरू कसरी अनुवाद गरिएका थिए हेर्नुहोस् ।

मुख्य पकाउने

यसले राजाको लागि भोजन तयार गर्ने मुख्य व्यक्तिलाई जनाउँछ । उत्पत्ति ४०:२मा यी कुराहरू कसरी अनुवाद गरिएका थिए हेर्नुहोस् ।

तिनले मुख्य पियाउनेलाई उनको जिम्मेवारीमा पुनर्स्थापित गरिदिए

मुख्य पियाउनेको "जिम्मेवारी"ले उनको मुख्य पियाउनेको कामलाई जनाउँछ । अर्को अनुवाद‍ः "तिनले मुख्य पियाउनेलाई उनको काम फिर्ता दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तर ... फारोले मुख्य पकाउनेलाई झुण्ड्याइदिए

फारो आफैले पकाउनेलाई झुण्ड्याएनन् तर तिनले उनलाई झुण्ड्याउनको लागि आदेश दिए । अर्को अनुवाद‍ः "तर ... फारोले मुख्य पकाउनेलाई झुण्ड्याउनको लागि आदेश दिए" वा "तर ... फारोले आफ्ना अङ्गरक्षकहरूलाई मुख्य पकाउनेलाई झुण्ड्याउन आदेश दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

योसेफले तिनीहरूलाई अर्थ बताएझैँ

यसले योसेफले तिनीहरूको सपनाको अर्थ बताउँदाको समयलाई जनाउँछ । अर्को अनुवाद‍ः "योसेफले दुई जना मानिसको सपनाको अर्थ बताउँदा उनले हुनेथियो भनेर बताएझैँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद