ne_tn/gen/40/14.md

2.1 KiB

कृपया ममाथि दया देखाउनुहोस्

"कृपया मप्रति कृपालु हुनुहोस्"

मेरो विषयमा फारोलाई बताएर मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस्

आफ्नो बारे फारोलाई बताइदिन योसेफले पियाउनेलाई आग्रह गर्छ ताकि फारोले तिनलाई झ्यालखानाबाट निकालिदिनुहुनेछ । अर्को अनुवाद‍ः "फारोलाई मेरो बारेमा बताइदिनुभएर मलाई यस झ्यालखानाबाट निस्कन सहयता गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

किनकि मलाई वास्तवमा ... अपहरण गरी ल्याइएको थियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "किनकि मलाई वास्तवमा ... मानिसहरूले लगे" वा "किनकि मलाई वास्तवमा ... इश्माएलीहरूले लगे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

हिब्रूहरूका देश

"हिब्रु मानिसहरू बस्‍ने देश"

यहाँ पनि यस झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन

"र यहाँ मिश्रमा भइन्जेल पनि मलाई झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन" (EN-UDB)

शब्द अनुवाद