ne_tn/gen/39/07.md

3.4 KiB

हेर्नुहोस्

"सुन्‍नुहोस् ।" योसेफले यो शब्द पोतीफरकी पत्‍नीको ध्यान तान्‍न प्रयोग गर्छ ।

मेरा मालिकले यस घरमा म के गर्छु भन्‍ने कुराप्रति कुनै चिन्ता गर्नुहुन्‍न

"मेरो जिम्मामा राखेको उहाँको घराना बारे मेरा मालिकलाई कुनै चिन्ता छैन ।" यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "मेरा मालिक उहाँको घराना सम्बन्धि ममाथि विश्‍वास गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

उहाँका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ

जब केहि कुरा "कसैको जिम्मामा लगाइन्छ", यसको मतलब त्यो व्यक्ति ती कुराको हेरविचार गर्न र त्यसलाई सुरक्षित राख्‍न जिम्मेवार हुन्छ । अर्को अनुवाद‍ः "उहाँले आफ्ना सबै कुराहरूको जिम्मा मलाई दिनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मभन्दा ठुलो यस घरमा कोही छैन

यहाँ लेखकले अधिकारलाई महानता झै बताउछ । अर्को अनुवाद: "यस घरमा अरू कसैको भन्दा मेरो बढी अधिकार छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मभन्दा ठुलो यस घरमा कोही छैन

यहाँ लेखकले अधिकारलाई महानता झै बताउछ । अर्को अनुवाद: "यस घरमा अरू कसैको भन्दा मेरो बढी अधिकार छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

यसैकारण मैले कसरी यस्तो दुष्‍ट काम गरी परमेश्‍वरको विरुद्ध पाप गर्न सक्छु ?

योसेफले जोड दिनको लागि प्रश्‍नको प्रयोग गर्छ । यसलाई भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "मैले निश्‍चय नै यस्तो दुष्‍ट काम गरी परमेश्‍वरको विरुद्ध पाप गर्न सक्दिन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद