ne_tn/gen/37/27.md

2.2 KiB

इश्माएलीहरूलाई

"यी मानिसहरू जो इश्‍माएलका सन्‍तानहरू हुन् ।"( EN-UDB)

त्यसमाथि हात नउठाऔँ

यसको अर्थ त्‍यसलाई हानि नगर्ने वा चोट नपुर्‍याउने हो । अर्को अनुवादः "त्‍यसलाई चोट नपुर्‍याऔँ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

हाम्रै रगत, हाम्रै भाइ

"रगत" शब्‍द एउटा लाक्षणा हो जसले नातेदारलाई जनाउँछ ।अर्को अनुवादः "त्‍यो हाम्रो रगतको नातेदार हो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उनका दाजुभाइहरूले उनको कुरा सुने

"यहूदाका दाजुभाइहरूले उनको कुरा सुने" वा "यहूदाका दाजुभाइहरू उनीसँग सहमत भए ।"

मिद्यानी ... इश्माएलीहरू

दुवै नामहरूले व्‍यापारीहरूको एउटै समूहलाई जनाउँछ जसलाई योसेफका दाजुहरूले भेटे ।

चाँदीका बिस सिक्‍कामा

"२० चाँदीका सिक्काको मूल्‍यमा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

योसेफलाई मिश्रमा लगे ।

"योसेफलाई मिश्रमा लिएर गए ।"

शब्द अनुवाद