ne_tn/gen/35/16.md

3.1 KiB

एप्रात

यो बेथलेहेम सहरको अर्को नाउँ हो ।

राहेललाई सुत्केरी व्यथा लाग्यो

"राहेललाई बच्चा जन्‍माउन धेरै गाह्रो हुँदै थियो ।"

उनी अत्यधिक पीडामा हुँदा

"जब सुत्‍केरी व्‍यथा अत्‍यन्‍त साह्रो थियो"

सुँडेनी

कुनै स्‍‍त्री बच्चा जन्माउँदै गर्दा त्यसलाई सहायता गर्ने व्‍यक्ति ।

उनको प्राण जाने बेलामा उनी चिच्‍च्याउँदै गर्दा

अर्को अनुवादः "उनी मर्नु अगाडी, जसै तिनले आफ्‍नो अन्तिम सास लिँदैथिइन्" (See: rc://*/ta/man/translate/figs-idiom)

बेन-ओनी

अनुवादकले "बेन-ओनी नाउँको अर्थ 'मेरो दुःखको छोरो' हो" भनी पादटिप्पणीमा थप्‍न सकिन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

बेन्यामीन

अनुवादकहरूले "बेन्यामीन नाउँको अर्थ 'दाहिने हातको छोरो' हो" भनी पादटिप्पणीमा थप्‍न सक्छन् ।"दाहिने हात" भन्‍ने वाक्यांशले विशेष निगाहको स्‍थान भन्‍ने जनाउँछ ।

गाडियो

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले उनलाई गाडे ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बाटोमा

"बाटोको छेउमा"(EN-UDB)

आजको दिनसम्म यो राहेलको चिहानको चिन्हको रूपमा खडा छ ।

"यसले आजको दिनसम्म पनि राहेलको चिहानलाई चिनाउँछ ।"

आजको दिनसम्म

"अहिलेको समयसम्म " ।यसको अर्थ यो लेखकले लेख्दै गरेको समयसम्‍म हो ।

शब्द अनुवाद