ne_tn/gen/34/30.md

3.9 KiB

ममाथि सङ्कष्‍ट ल्याएका छौ

कसैलाई सङ्कष्‍टमा पार्नुको बारेमा यसरी भनिएको छ मानौं सङ्कष्‍ट एउटा वस्‍तु हो र त्‍यो व्‍यक्तिमाथि राखिएको छ । अर्को अनुवाद: "ममाथि ठूलो समस्‍या ल्यायौ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस देशका बासिन्दाहरू ... सामु मलाई अप्रिय तुल्याएर

वरपरका क्षेत्रका मानिसहरू सामु याकूबलाई अप्रिय तुल्‍याउनु बारे यसरी भनिएको छ मानौं याकूबका छोराहरूले तिनलाई शारीरिक रुपमा दुर्गन्धित बनाए । यसलाई नयाँ वाक्यको रुपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः यस देशका बासिन्दाहरू सामु तिमीहरूले मलाई घृणित तुल्याएका छौ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरा मानिसहरू थोरै छन् तिनीहरू ... ममाथि आक्रमण गरे भने म र मेरो घराना नष्‍ट हुनेछौँ

यहाँ "म" र "मेरो" शब्‍दहरूले याकूबका सबै घरानालाई जनाउँछ । याकूबले केवल "म" र "मेरो" भन्छन् किनभने तिनी एक अगुवा हुन् । अर्को अनुवादः "मेरो घराना सानो छ ... हामीमाथि आक्रमण गरे भने तिनीहरूले हामी सबैलाई नाश गर्नेछन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरू एकै ठाउँमा जम्मा भई ममाथि आक्रमण गरे

"फौज बनाए र ममाथि आक्रमण गरे ।" वा "फौज बनाए र हामीमाथि आक्रमण गरे ।"

म ... नष्‍ट हुनेछौँ

यसलाई कर्मवाच्यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागि: म ... नष्‍ट गरिनेछु । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

के शकेमले हाम्री बहिनीलाई वेश्यालाई जस्तै व्यवहार गर्नहुन्छ?

शकेमले गलत गरेका थिए र तिनी मारिन योग्‍यका थिए भनी जोड दिन शिमियोन र लेवीले प्रश्‍न गर्छन् । अर्को अनुवादः "शकेमले हाम्री बहिनीलाई वेश्‍याजस्‍तै व्‍यभिचार गर्न हुँदैनथ्यो !" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद