ne_tn/gen/30/22.md

2.8 KiB

परमेश्‍वरले राहेललाई याद गर्नुभयो र उनको पुकारा सुन्‍नुभयो

"याद गर्नुभयो" वाक्यांशले सम्‍झनु भन्‍ने अर्थ दिन्छ । यसको मतलब यो होइन कि परमेश्‍वरले राहेललाई बिर्सनुभयो । यसको मतलब यो हो कि परमेश्‍वरले उनको बिन्‍ती विचार गर्नुभयो । अर्को अनुवादः "परमेश्‍वरले राहेलको बिन्तीलाई विचार गर्नुभयो र उनले इच्छाएको कुरा पूरा गर्नुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

परमेश्‍वरले मेरो लाज हटाइदिनुभएको छ

परमेश्‍वरले अब उप्रान्त राहेललाई लज्‍जित महसुस नगर्ने तुल्याउनु भयो भनी भनिएको छ मानौँ "लाज" एक वस्‍तु थियो जसलाई व्यक्तिले कसैबाट हटाउन सक्‍छ । "लाज" भाव वाचकलाई "लज्‍जित" को रूपमा जनाउन सकिन्छ। अर्को अनुवादः "परमेश्‍वरले मलाई अब उप्रान्त लज्‍जित महसुस नगर्ने तुल्याउनु भएको छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

त्यसको नाउँ योसेफ राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "योसेफ नामको अर्थ हो 'उहाँले थपून्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

परमप्रभुले मलाई अर्को छोरो दिनुभएको छ

रहेलका अगाडिका छोराहरू उनको कमारी बिल्हाबाट भएका थिए ।

शब्द अनुवाद