ne_tn/gen/24/59.md

2.9 KiB

यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई...पठाइदिए

"त्यसैले परिवारले रिबेकालाई पठाए"

आफ्‍नी बहिनी

रिबेका लाबानकी बहिनी थिइन् । अर्को अनुवादः "तिनीहरूका आफन्त" वा "लाबानकी बहिनी"

तिनकी सेविका

यसले रिबेका बालकै हुँदा तिनलाई खुवाएकी, तिनको हेरचाह गरेकी र अझै तिनको सेवा गर्ने महिला सेविकालाई बुझाउँछ ।

हाम्री बहिनी

रिबेका आफ्नो परिवारमा सबैको बहिनी थिइनन् । तर उनीहरूले तिनलाई माया गर्थे भनी देखाउनको लागि उनीहरूले यसो भन्थे । अर्को अनुवादः "हाम्री प्यारी रिबेका"

तिमी हजारौँ हजारका आमा होऊ

यहाँ, "आमा" ले पुर्खालाई जनाउँछ । अर्को अनुवादः "तिमी लाखौं मानिसहरूका आमा हुनु" वा "तिम्रो अति धेरै सन्तानहरू होऊन्"

हजारौँ हजार

यसको अर्थ अति धेरै सङ्‍ख्या वा अनगिन्ती भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तिम्रा सन्‍तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरका प्रवेशद्वारहरू कब्‍जा गरून्‌

सेनाहरूले तिनीहरूका शत्रुहरूका सहरहरूका मूल‍-ढोका तोड्नेछन् र मानिसहरूमाथि विजय हासिल गर्नेछन् । अर्को अनुवादः "तिम्रा सन्तानहरूले आफूलाई घृणा गर्नेहरूलाई पूर्ण रूपमा पराजय गराउन सकुन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद