ne_tn/gen/24/49.md

3.7 KiB

सामान्य जानकारी

अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।

अब

"अब" ले "यो समयमा" भन्‍ने बुझाउँदैन, तर महत्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्नलाई यो प्रयोग भएको छ ।

अब तपाईंहरू मेरा मालिकसँग करारको विश्‍वासयोग्‍यता र भरोसायोग्य व्‍यवहार गर्नुहुन्‍छ भने मलाई भन्‍नुहोस्‌

उनीहरू कसरी करार विश्‍वासनियता र भरोसायोग्यता देखाउन सक्छन् भन्‍ने कुरालाई स्‍पष्‍ट रूपले लेख्‍न सकिन्छ । अर्को अनुवादः "यदि तपाईंहरूले रिबेकालाई मेरो मालिकको छोराकी पत्‍नी हुनलाई दिएर उहाँप्रति विश्‍वासयोग्य र भरोसायोग्य हुनुहुन्छ भने मलाई भन्‍नुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तपाईंहरू

"तपाईंहरू" शब्दले लाबान र बतूएललाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

विश्‍वासनियता र भरोसायोग्यता

यी अमूर्त नामहरू "विश्‍वासयोग्य र भरोसायोग्य" को रूपमा लेख्‍न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

होइन भने

यो बुझिएको जानकारीलाई स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तर यदि तपाईंहरू मेरो मालिकलाई पारिवार विश्‍वासनियता र भरोसायोग्यतासाथ व्यवहार गर्न तयारी हुनुहुन्‍न भने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

म दाहिने-देब्रे जता हुन्‍छ लागुँला

सम्भावित अर्थहरू, १) के गर्ने भनी निर्णय गर्नुलाई कुनै व्यक्ति शारीरिक रूपमा नै एक दिशाबाट अर्को दिशातर्फ फर्कने रूपमा बताइएको छ । अर्को अनुवादः "ताकी के गर्ने भनी म थाहा गर्नेछु" वा २) सेवकले उनी कतै अन्तैतिर यात्रा गर्नुपर्ने हो कि, सो थाहा गर्न चाहन्छन् । अर्को अनुवादः "ताकी म मेरो यात्रालाई निरन्तरता दिन सकुँ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-idiom]])

शब्द अनुवाद