ne_tn/gen/24/45.md

2.2 KiB

सामान्य जानकारी

अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।

मैले यी कुरा मनमनै

कसैले मनमनै प्रार्थना गर्नुलाई मनमनै बोल्‍नु भनिएको छ । "ह‍ृदय" शब्दले उनको विचार र उनको मनलाई जनाउँछ । अर्को अनुवादः "प्रर्थना गर्दै" वा "शान्तपुर्ण रूपमा प्रार्थना गर्दै" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

हेर्नुहोस्

"साँच्चै" वा "अचानक" । "हेर्नुहोस्" शब्दले हुन लागेको अचम्म लाग्दो सुचनातिर ध्यान दिनलाई हामीलाई सतर्क गराउँछ ।

गाग्रो

तरल पदार्थहरू राख्‍न र खन्याउनको लागि माटोले बनेको ठिक्‍कको आकारको भाँडो । तपाईंले उत्पति २४:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

इनारमा ओर्लेर

सेवक उभिएको ठाउँभन्दा उचाईमा होचो कुनै ठाउँमा इनार भएको हुनाले "ओर्लेर" भन्‍ने वाक्यांश प्रयोग गरियो ।

इनार

जमिनमा भएको खुल्‍ला ठाउँ जहाँबाट ताजा पानी निस्कन्छ ।

ऊँटहरूलाई पनि पानी पिउन दिइन्‌

"ऊँटहरूलाई पानी दिइन्"

शब्द अनुवाद