ne_tn/gen/24/39.md

4.3 KiB

सामान्य जानकारी

अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।

सायद त्‍यो स्‍त्री मेरो साथमा आउन मान्दिन होला

यो घट्न सम्भावित केही कुरा हो । अर्को अनुवादः "यदि त्यस स्‍त्रीले मसँग फर्कीआउन मानिन भने?" वा "यदि त्यस स्‍त्री मसँग फर्की आउन मानिन भने म के गर्नु?" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

जुन परमप्रभुको सामुन्‍ने म हिँड्‌छु

परमप्रभुको सेवा गर्नुलाई अब्राहाम परमप्रभुको उपस्थितिमा हिँडेको रूपमा बताइएको छ । अर्को अनुवादः "जसको म सेवा गर्छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तेरो कार्य सफल हुनेछ

"उहाँले तेरो यात्रालाई सफल तुल्याउनुहुनेछ"

तर तँ मेरो कुटुम्‍बकहाँ पुगिस् र तिनीहरूले तिनलाई दिएनन् भने तँ मेरो यस शपथबाट छुट्‌नेछस्‌

यो एउटा काल्पनिक अवस्था हो, जुन हुन्छ भनेर अब्राहामले सोचेका थिएनन् । सम्भावित अर्थहरू १) "मेरो शपथबाट स्वतन्‍त्र हुने केवल एकमात्र उपाय छः यदि तँ मेरो कुटुम्बहरूकहाँ आइस् र उनीहरूले तँलाई तिनी दिएनन् भने तँ मेरो शपथबाट मुक्त हुनेछस्" वा, २) पद ४० अनुसार, "यदि तँ मेरो बुबाको परिवारमा गएर केटी मागिस् भने तैँले मैले भनेको कुरा गर्नेछस् । यदि उनीहरूले तँलाई तिनी दिएनन् भने तैँले मसँग खाएको शपथबाट तँ स्‍वतन्‍त्र हुनेछस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

तँ मेरो यस शपथबाट छुट्‌नेछस्‌

"तैँले मसँग खाएको शपथबाट मुक्त हुनेछस्" । शपथ पुरा गर्न नपर्नुलाई कुनै व्यक्ति बाँधिएको बन्धनबाट स्वतन्‍त्र हुनको रूपमा बताइएको छ । अर्को अनुवादः "तैँले जे गर्नेछु भनी मसँग शपथ खाएको थिइस्, त्यो तैँले गर्नुपर्नेछैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यदि तँ मेरो कुटुम्‍बकहाँ पुगिस् भने

भाषाहरूले आउनु र जानु शब्दलाई फरक तरिकाले प्रयोग गर्छन् । अर्को अनुवादः "यदि तँ मेरो कुटुम्बहरूको घरमा आइपुगिस् भने" वा "यदि तँ मेरो कुटुम्बहरूकहाँ गइस् भने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)

शब्द अनुवाद