ne_tn/gen/24/12.md

5.5 KiB

अनि त्यसले प्रार्थना गर्‍यो

"अनि सेवकले भन्‍यो"

आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्‌

तपाईंले यसलाई संयोजक शब्दसहित लेख्‍न सक्नुहुन्छ । परमेश्‍वरले कसरी दया देखाउनुभएको सेवकले चाहन्छन् भनी यसले पुष्‍टि गर्छ । अर्को अनुवादः "आज मलाई सफल गराएर मेरो मालिक अब्राहामलाई दया देखाउनुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-connectingwords)

मलाई मेरो काममा सफल गराएर

"मलाई सफलता दिनुहोस्" । सेवकले अब्राहामका छोराको लागि असल पत्‍नी भेट्टाउन चहान्थे । यो अमूर्त नाम "सफलता" लाई क्रियापदको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "सफलता हासिल गर्न मलाई सहायता गर्नुहोस्" वा "म यहाँ जे गर्न आएको छु, त्यो गर्न सक्षत तुल्याउनुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्‌

अमूर्त नाम "विश्‍वासयोग्यता" लाई "विश्‍वासयोग्य" को रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो मालिक अब्राहामसँग तपाईंको करारप्रति विश्‍वासयोग्य हुनुहोस्" वा "मेरो मालिकसँग विश्‍वासयोग्य हुनुहोस" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

हेर्नुहोस्

यहाँ "हेर्नुहोस्" शब्दले हुन लागेको कुरालाई जोड दिन्छ ।

इनार

"मुहान" वा "कुवा"

सहरका मानिसहरूका छोरीहरू

"सहरका जवान स्‍त्रीहरू"

यसैले यसो होस्‌

"यसलाई यस्तै तरिकाले हुन देओ" वा "यसलाई हुन देओ"

जुन कन्‍यालाई म 'तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ' भनुँला,

यो उद्धरणभित्रको उद्धरण हो । यो अप्रत्यक्ष उद्धरणसहित प्रस्तुत गर्न सकिन्छ । अर्को अनुवादः "जब म एउटी जवान स्‍त्रीलाई तिनको भाँडोबाट पिउनको लागि पानी माग्छु" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

तिम्रो गाग्रो...ढल्‍काइदेऊ

स्‍त्रीहरूले गाग्रो तिनीहरूको काँधमा बोक्थे । मानिसलाई पिउन दिनलाई तिनले त्यो तल ढल्काउन पर्‍थ्यो ।

गाग्रो

तरल पदार्थहरू राख्‍न र खन्याउनको लागि माटोले बनेको ठिक्‍कको आकारको भाँडो

तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ

यो अमूर्त नाम "विश्‍वायोग्यता" लाई "विश्‍वायोग्य भएको" रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कि तपाईं मेरा मालिक अब्राहामसितको तपाईंको करारप्रति विश्‍वासयोग्य हुनभएको छ"वा "तपाईं मेरा मालिक अब्राहामसित विश्‍वासयोग्य हुनुभएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद