ne_tn/gen/23/10.md

5.2 KiB

त्‍यस बेला एप्रोन हेतका छोराहरूका माझमा बसिरहेका थिए

यहाँ, कथादेखि एप्रोनको पृष्‍ठभूमि को सुचनाहरू बारेमा भएको परिवर्तनलाई चिनो लगाउन "त्यस बेला" प्रयोग भएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

एप्रोन

यो मानिसको नाम हो । तपाईंले उत्पति २३:८ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

हेतका छोराहरू

यहाँ, "छोराहरू" ले हेतबाटका सन्तानहरूलाई बुझाउँछ । उत्पति २३:३ मा तपा‌ईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवादः "हेतका सन्तानहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

हेतका छोराहरू...सुन्‍ने गरी

अमूर्त नाम "सुन्‍नेगरी" लाई "सुन्‍नु" वा "सुनिरहेका" भनेर लेख्‍न सकिन्छ ।" अर्को अनुवादः "ताकी हेतका सबै छोराहरूले उनलाई सुन्‍न सकुन्" वा "हेतका सबै छोराहरूले सुनिरहेका बेला" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

सहरको प्रवेशद्वारको अगाडि आएका थिए, ती सबै

यसले हेतका कुन छोराहरूले सुनिरहेका थिए भन्‍ने कुरालाई बताउँछ । अर्को अनुवादः "सहरको प्रवेशद्वारमा भेला भएका सबैजना" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-distinguish)

सहरको प्रवेशद्वार

महत्वपूर्ण निर्णयहरू बनाउनको लागि सहरका अगुवाहरू भेट हुने ठाउँमा सहरको प्रवेशद्वार थियो ।

उनका सहर

"ऊ बसेको सहर ।" यस वाक्यांशले एप्रोन त्यस सहरका थिए भन्‍ने देखाउँछ ।यसले त्यो उनको थियो भन्‍ने अर्थ दिँदैन ।

मेरा प्रभु

यो वाक्यांशले अब्राहामलाई सम्मान देखाउन प्रयोग गरिएको छ ।

मेरा मानिसहरूका छोराहरूकै सामुन्‍ने

यहाँ, "सामुन्‍ने" ले साक्षीको रूपमा सेवा पुर्‍याइरहेका मानिसहरूलाई बुझाउँदछ । अर्को अनुवादः "मेरा साक्षीका रूपमा रहेका मेरा गाउँले साथीहरूका साथमा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरा मानिसहरूका छोराहरू

यसको अर्थ "मेरा गाउँले साथीहरू" वा "मेरा हीत्ती साथीहरू"

मेरा मानिसहरू

एप्रोन त्यो मानिसहरूको समुहको एक भाग थिए भन्‍ने यो वाक्यांशले देखाउँछ । यसले उनी तिनीहरूका अगुवा थिए भन्‍ने अर्थ दिँदैन ।

म तपाईंलाई लाश गाड्नको निम्ति त्यो दिन्छु

"म त्यो तपाईंलाई दिन्छु । तपाईंको लाश गाड्नुहोस्"

तपाईंले लाशलाई गाड्नुहोस्

नाममात्र विशेषण "लाश" लाई क्रिया वा सामान्य रूपमा "पत्‍नी" भनेर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "तपाईंकी पत्‍नी जो मरेकी छे" वा "तपाईंकी पत्‍नी" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

शब्द अनुवाद