ne_tn/gen/22/11.md

5.2 KiB

परमप्रभुका एक जना दूत

सम्भावित अर्थहरू १) परमप्रभु आफैलाई स्वर्गदुतजस्तै देखिने बनाउनुभयो वा २) परमप्रभुका स्वर्गदुतहरूमध्ये यो एक थियो वा ३) परमेश्‍वरबाटको यो एउटा विशेष सन्देशवाहक थियो (केही विद्वानहरूले उहाँ येशु हुनुहुन्थ्यो भन्छन्) । यो वाक्यांश राम्ररी नबुझिने भएकोले यसलाई तपाईंले "स्वर्गदुत" को लागि प्रयोग गर्नुहुने साधारण शब्द प्रयोग गरेर "परमप्रभुको स्वर्गदुत" भनी सरल रूपमा अनुवाद गर्नु नै उपयुक्त हुन्छ । उत्पति १६:७ मा यो वाक्यांश को बारेमा भएको टिप्पणी हेर्नुहोस् ।

स्‍वर्गबाट

यसले परमेश्‍वर बस्‍नुहुने ठाउँको बारेमा जनाउँदछ ।

म यहीँ छु

"अँ, मैले सुनिरहेको छु" वा "अँ, के भयो?" तपाईंले उत्‍पति २२:१ मा कसरीअनुवाद गर्नभयो हेर्नहोस् ।

तेरो हात त्‍यस केटामाथि नउठा, न त त्‍यसलाई केही गर

"तेरो हात नउठा" भनेको "हानी नगर्" भन्‍ने एउटा तरिका हो ।" अब्राहामले इसहाकलाई हानी गर्नुहुन्‍न भन्‍ने कुराको जोड दिनको लागि परमेश्‍वरले मूलतः एउटै कुरालाई दुईचोटी भन्‍नुभयो । अर्को अनुवादः "कुनै पनि तरिकाले त्यस केटालाई चोट नपुर्‍यानू" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-parallelism]])

मबाट...मैले अब थाहा पाएँ

"म" र "मलाई" भन्‍ने शब्दले परमप्रभुलाई जनाउँछ । उद्धरणमा भएकोलाई अनुवाद गर्दा, परमप्रभुको स्वर्रगदुतले गरेजस्तै गर्नुहोस् र परमप्रभुलाई जनाउँदा "म" र "मलाई" शब्द प्रयोग गर्नुहोस् ।

तैँले परमेश्‍वरको भय मान्दोरहेछस्

यसले आफ्नो ह‍ृदयले परमेश्‍वरको सम्मान गर्नु भन्‍ने जनाउँछ र त्यो सम्‍मान उहाँका आज्ञाहरू पालन गरेर देखाउनु भन्‍ने हुन्छ ।

देखेर

"किनभने म त्यो देख्छु"

आफ्नो छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌

"तैंले तेरो छोरालाई मबाट रोकेर राखेको छैनस् ।" यसलाई सकारात्मक रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले आफ्‍नो छोरा मलाई दिन ईच्छुक थिइस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

आफ्‍नो एक मात्र छोरा

अब्राहामको अर्को छोरा, इश्माएल पनि छ भनेर परमेश्‍वरलाई थाहा छ भन्‍ने कुरा यसले बुझाउँछ । परमेश्‍वरले अब्राहामलाई दिने प्रतिज्ञा गर्नुभएको छोरा इसहाक नै हुन् भन्‍ने कुरालाई यसले जोड दिन्छ । यहीँ एउटै वाक्यांशलाई तपाईंले उत्पति २२:२ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद