ne_tn/gen/20/10.md

3.1 KiB

के कुराले तिमीलाई यस्तो काम गर्न लगायो?

"तिमीलाई यो केले गर्न लगायो?" वा "यो तिमीले किन गर्‍यौ?" अब्राहामले जे गरेको थियो त्यसलाई स्‍पष्‍टसँग भन्‍न सकिन्छ । अर्को अनुवादः "सारा तिम्रो बहिनी हो भनेर तिमीले मलाई किन भन्यौ?" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

किनभने यस ठाउँमा निश्‍चय नै परमप्रभुको कुनै भय छैन र तिनीहरूले मलाई मेरी पत्‍नीको कारणले मार्नेछन् भनी मैले विचार गरेँ

यो उद्धरणभित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणमा भन्‍न सकिन्छ । अर्को अनुवादः "किनभने मैले विचार गरेँ की, यहाँका कसैले पनि परमेश्‍वरको भय नराखेका हुनाले कसैले मलाई मार्न सक्छ र मेरी पत्‍नी लिन सक्छ ।" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

यस ठाउँमा निश्‍चय नै परमेश्‍वरको कुनै भय छैन

यहाँ "ठाउँ" ले मानिसहरूलाई जनाउँदछ । अर्को अनुवादः "यहाँ गरारमा कसैलाई पनि परमेश्‍वरको भय छैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

परमेश्‍वरको भय

यसको अर्थ परमेश्‍वरलाई ह‍ृदयदेखि नै सम्मान गर्नु र त्यो सम्मान उहाँको आज्ञा पालन गरेर देखाउनु हो ।

हुन त यिनी...मेरी बहिनी हुन्

"यो पनि साँचो हो की सारा मेरी बहिनी हुन्" वा "साँच्चै सारा मेरी बहिनी पनि हुन्"

मेरो बुबाकी छोरी मेरी बहिनी हुन्, तर यिनी मेरी आमाकी छोरी होइनन्

"हाम्रो बुबा एउटै हो, तर हाम्री आमा अलग हो"

शब्द अनुवाद