ne_tn/gen/20/08.md

3.5 KiB

तिनले यी सबै कुरा ती मानिसहरूलाई बताए

"परमेश्‍वरले उनलाई भन्‍नुभएको सबैकुरा उनले तिनीहरूलाई बताए"

तिमीले यो हामीलाई के गर्‍यौ?

अबीमेलेकले अब्राहामलाई दोष्याउन यस्तो आलंकारिक प्रश्‍न गरेका हुन् । अर्को अनुवादः "तिमीले हामीलाई केही खराबी गरेको छौ !" वा "हेर तिमीले हामीलाई के गर्‍यौ !" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हामीलाई

"हामी" भन्‍ने शब्द यहाँ विशेष छ र यसले अब्राहाम र सारालाई समावेश गर्दैन । यदि तपाईंको भाषामा "हामी" र "हामीलाई" को विषेश रूपमा प्रयोग हुन्छ भने त्यसलाई यहाँ प्रयोग गर्नुहोस्: (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ... पाप ल्यायौ?

अबीमेलेकले अब्राहामको विरुद्धमा केही पाप गरेका थिएनन् भनेर याद दिलाउन उनले यस्तो आलंकारिक प्रश्‍नको प्रयोग गरेका हुन् । अर्को अनुवादः "मैले तिम्रो विरुद्धमा केही गरेको छैन जसले तिमीलाई ... पाप ल्याउने तुल्यायो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ

कसैलाई पापको दोषी ठहराउनुलाई यहाँ यसरी बताइएको छ कि मानौं "पाप" एउटा वस्तु हो, जसलाई कुनै एक व्यक्तिमाथि राखिन्छ । अर्को अनुवादः "की तिमीले म र मेरो राज्यलाई भयानक पापको दोषी बनाउनुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो राज्यमाथि

यहाँ, राज्यले मानिसहरूलाई जनाउँदछ । अर्को अनुवादः "मेरो राज्यका मानिसहरूमाथि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीले मसित गर्न नहुने काम गर्‍यौ

"तिमीले मसित यो नगर्नु पर्‍थ्यो"

शब्द अनुवाद