ne_tn/gen/14/10.md

3.8 KiB

अलकत्राको धापले भरिएको थियो

"धेरै अलकत्राको धाप थियो।" तिनीहरू जमिनमा भएका प्वालहरू थिए जसमा अलकत्रा थियो ।

अलकत्रा

जमिनबाट निस्कने बाक्लो, टाँसिने, कालो तरलपदार्थ हो । ११:३ मा हेर्नुहोस् यसलाई कसरी अनुवाद गरिएको छ ।

सदोम र गमोराका राजाहरू

यो राजाहरू र तिनीहरूका सेनाहरूका लागि लक्षणा हो । अर्को अनुवादः सदोम र गमोराका राजाहरू र तिनीहरूका सेनाहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरू त्यसमा खसे

सम्भावित अर्थहरू हुन् १) तिनीहरूका केही सैनिकहरू अलकत्राको खाल्डोमा खसे अथवा २) राजाहरू आफै अलकत्राको खाल्डोमा खसे । किनभने १४:१७ भन्दछ कि सदोमका राजा अब्रामलाई भेट्न गएका थिए, पहिलो अर्थ अधिक सम्भव छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

बाँकी रहेकाहरू

"युद्धमा नमरेकाहरू र खाल्डोमा नखसेकाहरू"

सदोम र गमोराका सबै मालसामानहरू

"सदोम" र "गमोरा" शब्दहरू ती सहरहरूमा बस्‍ने मानिसहरूका लागि लक्षणा हुन् । अर्को अुनवादः "सदोम र गमोराका मानिसहरूको धन" अथवा "सदोम र गमोराका मानिसहरूको सम्पत्ति" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका रासनहरू

"तिनीहरूको खानपीन"

बाटो लागे

"तिनीहरू गए"

तिनीहरूले अब्रामका भाइका छोरा लोतलाई पनि तिनका सबै मालसामानसँगै लगे, जो सदोममा बसोबास गरिरहेका थिए

"अब्रामका भाइका छोरा" र "जो सदोममा बसोबास गरिरहेका थिए" यस वाक्यांशले लोतको बारेमा पहिले लेखिएका कुराहरू पाठकलाई स्मरण गराउँदछ । अर्को अनुवादः "तिनीहरूले लोतलाई पनि तिनका सबै सम्पत्तिसँगै लगे । लोत अब्रामका भाइका छोरा थिए र त्यस समयमा सदोममा बसोबास गरिरहेका थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-distinguish)

शब्द अनुवाद