ne_tn/gen/11/05.md

4.7 KiB

आदमका सन्तानहरू

"मानिसहरू"

तल आउनुभयो

उहाँ कहाँबाट तल आउनुभयो भन्‍ने जानकारीलाई स्पष्‍ट पार्न सकिन्छः "स्वर्गबाट तल आउनुभयो ।" उहाँ कसरी तल आउनुभयो भनेर यसले बताउदैन । "तल आउनुभयो" अर्थ दिने सामान्य शब्द प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

हेर्न

"अवलोकन गर्न" वा "अझ नजिकबाट नियालन"

एउटै भाषामा एउटै मानिस

सबै मानिसहरू एउटा ठूलो समूह थिए र तिनीहरू सबैले एउटै भाषा बोल्थे ।

तिनीहरूले यसो गर्न सुरु गरिरहेका छन्

सम्भावित अर्थहरू हुन्ः १) "तिनीहरूले यसो गर्न सुरु गरेका छन्," जसको अर्थ तिनीहरूले धरहरा बनाउन सुरु गरेका छन् तर त्यो सकेको छैन । वा २) "यो केवल तिनीहरूले गरेको पहिलो कुरा हो," जसको अर्थ भविष्यमा तिनीहरूले अझ ठुला कुराहरू गर्नेछन् ।

तिनीहरूले गर्न चाहेको कुनै पनि कुरा तिनीहरूको निम्ति असम्भव हुनेछैन

यसलाई करण वाक्यमा बताउन सकिन्छ । अर्को अनुवाद‍ः "तिनीहरूले गर्न चाहेका सबै कुरा तिनीहरूको लागि सम्भव हुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

आओ

यदि तपाईको भाषामा काम सुरु गर्न जोड दिने वा आदेश दिने तरिका, जस्तै अंग्रेजीमा "COME ON" छ भने तपाईले त्यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ । उत्पत्ति ११‍ः३ मा यो कसरी अनुवाद गरिएको छ हेर्नुहोस् ।

हामी तल जाऔँ

"हामी" शब्दले परमेश्‍वरलाई जनाए तापनि यो बहुवचन हो । कसैले यसलाई "मलाई तल जान देऊ" अथवा "म तल जानेछु" भनेर अनुवाद गर्छ । यदि तपाईले यसो गर्नुहुन्छ भने सर्वनाम बहुवचन हो भनेर बताउन एउटा पादटिप्पणी थप्‍नहोस् । उत्पत्ति १‍ः२६मा "हामी ... बनाऔँ"को टिप्पणीमा हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

तिनीहरूका भाषा खलबलाइ दिऔँ

यसको अर्थ परमप्रभुले सारा पृथ्वीभरिका मानिसहरूलाई एउटै भाषा नबोल्ने तुल्याउनुहुनेछ । अर्को अनुवाद‍ः "तिनीहरूका भाषालाई छासमिस गरिदिनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

ताकि तिनीहरू एउटाले भनेको अर्काले बुझ्‍न नसकून्

तिनीहरूका भाषा खलबलाइ दिनुको उद्देश्य यो थियो । अर्को अनुवाद‍ः "ताकि तिनीहरूले एक-अर्काले के भनिरहेका छन् सो बुझ्‍न नसकून्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

translationWords