ne_tn/gen/09/05.md

5.4 KiB

सामान्य जानकारी

परमेश्‍वर नोआ र तिनका छोराहरूसित निरन्तर बोल्नुहुन्छ ।

तर तिमीहरूको ... रगतको साटो

यसले मानिसको रगतलाई पशुहरूको रगतसित भेद गर्छ (उत्पत्ति९‍ः४) ।

तिमीहरूको प्राण दिने रगतको साटो

यसले रगत बगाएको, वा खन्याइएको, अथवा पोखाइएको छ भनी सकेंत गरेको छ । अर्को अनुवाद: "यदि कसैले तिमीहरूको रगत बगाउछ" वा "यदि कसैले तिमीहरूको रगत पोखाउछ" अथवा "यदि कसैले तिमीहरूलाई मार्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-metaphor]])

प्राण

यसले शारीरिक प्राणलाई जनाउँछ ।

म लेखा लिनेछु

यो लेखाले हत्याराको मृत्युलाई जनाउँछ, पैसालाई होइन । अर्को अनुवाद‍ः "तिमीलाई मार्ने जो कोहीसित म हिसाब लिनेछु ।"

हरेक पशुबाट म प्राणको साटो लिनेछु

"तिम्रो प्राण लिने कुनै पनि पशुसित म साटो लिनेछु"

आफ्नो भाइको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु

"अर्को व्यक्तिको हत्या गर्ने जो कोहीसित म साटो लिनेछु"

को हातबाट

यस वाक्यांशले ज्यादै व्यक्तिगत रूपमा व्यक्तिलाई जनाउँछ । अर्को अनुवाद:"त्यही नै मानिसबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

भाइ

यहाँ "भाइ"लाई सामान्य सन्दर्भमा आफन्त, जस्तै एउटै कूल, वंश वा मानिस समूहको सदस्यको रूपमा प्रयोग गरिएको छ ।

जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ

रगत बगाउने कुरा कसैलाई मार्ने कार्यको रूपक हो। यसको अर्थ, यदि एउटा व्यक्तिले कसैलाई मार्छ भने अरू कसैले त्यस हत्यारालाई मार्नुपर्छ । तथापि यस खण्डमा "रगत" ज्यादै महत्त्वपूर्ण छ र यदि सम्भव भए अनुवादमा प्रयोग गरिनुपर्छ । "रगत बगाउँछ" लाई धेरै रगत बगेर मृत्युमा पुगाउने संकेत दिने कुनै शब्दद्वारा अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो

"किनभने परमेश्‍वरले मानिसहरूलाई आफू जस्तै हुन बनाउनुभयो" वा "किनभने मैले मानिसहरूलाई मेरो आफ्नै स्वरूपमा बनाए"

फल्दै-फुल्दै, वृद्धि हुँदै, फैलँदै जाओ

यो परमेश्‍वरको आशिष् हो । उहाँले नोआ र तिनको परिवारलाई तिनीहरूजस्तै मानिस जन्माउन भन्‍नुभयो ताकि तिनीहरूको सङ्ख्या धेरै होऊन् । "वृद्धि" शब्दले कसरी तिनीहरू "फल्दै-फुल्दै" जानुपर्छ भनी वर्णन गर्छ । उत्पत्ति१‍ः२८मा तपाईले यी कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-idiom]])

शब्द अनुवाद