ne_tn/gen/08/20.md

4.9 KiB

परमप्रभुको निम्ति एउटा वेदी बनाए

"परमप्रभुको निम्ति अर्पण गर्न एउटा वेदी बनाए ।" वा परमप्रभुलाई आराधना गर्न वेदी बनाए । तिनले यो ढुङ्गाहरूले बनाएका हुन सक्‍छन् ।

शुद्ध पशुहरू र शुद्ध पक्षीहरू

यहाँ "शुद्ध" भन्‍नाले ती पशुहरू हुन् जुन परमप्रभुले बलिदान चढाउन अनुमति दिनुभयो । केही पशुहरू बलिदान चढाउन प्रयोग गरिदैन थियो र तिनीहरूलाई "अशुद्ध" भनिन्‍थ्‍यो ।

होमबलि चढाए

नोआले पशुहरू मारे र परमेश्‍वरको निम्‍ति बलिदान स्‍वरूप पूर्ण रूपमा जलाए । अर्को अनुवाद : "परमप्रभुको निम्‍ति पशुहरू बलिदानको रूपमा चलाए ।"

यसको सुगन्ध

यसले पोलेको मासुको मीठो बास्‍नालाई जनाउँछ ।

आफ्‍नो मनमा भन्‍नुभयो

यहाँ "मन" शब्‍दले परमेश्‍वरको विचार र भावनालाई जनाउँछ ।

भूमिलाई श्राप

"पृथ्‍वीलाई निकै ठूलो क्षति पुर्‍याउनु" (EN-UDB)

मानव-जातिको ... कारणले

यसलाई अझ स्‍पष्‍ट पार्न सकिन्‍छ: "किनकि मानवजाति पापी भएको कारण" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-explicit)

ह्रदयको मनसाय बाल्यावस्थादेखि नै दुष्ट हुने

"तिनीहरूका बच्‍चैदेखि नै तिनीहरू खराब कार्यहरू गर्छन् ।" वा "तिनीहरू सानै हुँदा, खराबी कुराहरू गर्न रूचाउँछन् ।"

हृदयका मनसाय

यहाँ "मनसाय" शब्‍दले मानिसको विचार, भावना, चाहना र इच्‍छालाई जनाउँछ । अर्को अनुवाद : "तिनीहरूको झुकाव" वा "तिनीहरूको बानी"

बाल्यावस्थादेखि

यसले ठूलो बालकलाई जनाउँछ । अर्को अनुवाद : "तिनीहरूको जवानस्‍थादेखि"

पृथ्वी रहुञ्जेलसम्म

"जबसम्‍म पृथ्‍वीको अन्‍त हुदैँन" वा "जबसम्‍म पृथ्‍वीको अस्तित्व रहन्‍छ"

बीउ छर्ने ... समय

"रोप्‍ने ऋतु"

जाडो र गर्मी, ग्रीष्‍म र हिउँद

यी अभिव्यक्तीले वर्षमा हुने दुई वटा प्रमुख मौसमलाई जनाउँछ । अनुवादकहरूले स्थानिय अभिव्यक्तीको प्रयोग गर्न सक्‍छन् । (हेर्नुहोस् : rc://*/ta/man/translate/figs-merism)

ग्रीष्म

वर्षको गर्मी र सुख्‍खा समय

हिउँद

वर्षको चिसो, भिजेको र हिउँ पर्ने समय

अन्त्य हुनेछैन

"अस्तित्वमा आउन रोकिने छैन" वा "हुनबाट रोकिने छैन ।" यसलाई साकारात्मक रूपमा व्‍यक्‍त गर्न सकिन्‍छ । अर्को अनुवाद : "निरन्तर भइरहने छ" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-doublenegatives)

शब्द अनुवाद