ne_tn/gen/04/06.md

4.0 KiB

तँ किन रिसाउँछस् र तैँले किन रिस देखाउँछस् ?

कयिन रिसाउनु र रिस देखाउनु गलत हो भनी उसलाई भन्‍नको लागि परमेश्‍वरले यी दोहोरो प्रश्‍नको प्रयोग गर्नुभयो । कयिनलाई उनी गलत भएको कुरा उसलाई स्वीकार गर्ने अवसर दिने अभिप्राय उनीहरूले गरेका पनि हुनसक्छ । (हेर्नुहोस्ः दोहोरो प्रश्‍न)

यदि तैंले...के तँलाई ग्रहण गरिनेछैन र ?

कयिनले जुन कुरा अगाडि नै थाहा गर्नुपर्ने थियो, त्यो उसलाई सम्झाउनलाई परमेश्‍वरले यो दोहोरो प्रश्‍न प्रयोग गर्नुभयो । अर्को अनुवादः "तैंले जे सही हो, त्यो तैंले गरिस् भने म तँलाई ग्रहण गर्नेछु भन्‍ने कुरा तँलाई थाहा छ ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तर यदि तैँले जे ठीक छ सो गर्दैनस् भने...तैँले अधिन गर्नैपर्छ

परमेश्‍वरले पाप एउटा व्यक्ति भएजस्तै गरि पापको बारेमा बोल्नुहुन्छ । अर्को अनुवादः "तर यदि तैंले जे ठिक छ सो गरिनस् भने तैंले अझ धेरै पाप गर्न इच्छा गर्नेछस्, र तैंले पापमय कुराहरू गर्नेछस् । तैंले त्यो पालन गर्न इन्कार गर्नैपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

पाप ढुक्छ...तँलाई अधिन गर्न

यहाँ पापलाई एउटा खतरनाक जंगली जनावरको रूपमा बताइएको छ, जसले कयिनलाई आक्रमण गर्न पर्खिबस्दछ । अर्को अनुवादः "तँ यति धेरै रिसाउनेछस् कि तँ पाप गर्नलाई रोक्न सक्नेछैनस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पाप

"पाप" अर्थ दिने नाम/ संज्ञा नभएको भाषाहरूले यसलाई यसरी अनुवाद गर्न सकिन्छ, "तिम्रो पाप गर्ने इच्छा" वा "तिमीलाई गर्न मन लाग्‍ने खराब कामहरू" ।

तैंले अधिन गर्नैपर्छ

पाप एउटा व्यक्ति भएजस्तै गरि परमेश्‍वरले कयिनको पाप गर्ने इच्छाको बारेमा बताउनुहुन्छ, जसमाथि कयिनले अधिन गर्नुपर्छ । अर्को अनुवादः "तैंले यसलाई वशमा पार्नैपर्छ, ताकी तैंले पाप गर्नेछैनस् " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद