ne_tn/gen/02/11.md

2.1 KiB

पीशोन

यो एक समय मात्र बाइबलमा यो नदीको उल्‍लेख भएको छ । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names).

हवीलाको सारा भूमि

"सारा भूमिलाई हवीला भनियो ।" यो अरबी मरुभूमिमा कुनै ठाँउमा थियो । हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names).

जहाँ सुन पाइन्छ

यो वाक्यांशले हवीलाको बारेमा जानकारी दिन्‍छ । केही भाषाले यसलाई छुट्टै वाक्‍यको रुपमा अनुवाद गर्नेछ । अर्को अनुवाद: "हवीलामा सुन छ ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-distinguish)

त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन्

"त्‍यहाँ" शब्‍द जोड दिनको लागि वाक्‍यमा अगाडि राखिएको छ । अर्को अनुवाद: त्यो यस्‍तो थियो जहाँ मानिसहरूले खोटो र आनिक्स पत्थर पनि पाउन सक्‍छन् ।

खोटो

यो र्‍याल रुखबाट निस्‍कन्छ र मीठो वास्‍ना आउँछ ।र्‍याल एउटा टाँसिने वस्‍तु हो जुन केही रुखहरूबाट निस्‍कन्छ र जलाउन सकिन्छ । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

आनिक्स पत्थर

"आनिक्स पत्‍थरहरू" आनिक्स विशेष किसिमको सुन्‍दर पत्‍थर हो । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)