ne_tn/gen/01/06.md

3.5 KiB

एउटा क्षेत्र होस् र त्यसले ... विभाजन गरोस्

यी आज्ञाहरू हुन् । आज्ञा दिएर क्षेत्र अस्‍तित्‍वमा आउनुपर्छ र यसले पानीलाई अलग गर्छ, परमेश्‍वरले यो अस्‍तित्‍वमा ल्याउनुभयो र पानी अलग गर्नुभयो । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-imperative)

क्षेत्र

"ठूलो खाली क्षेत्र"। यहूदीहरूले यो क्षेत्रलाई घरको छानोको भित्री भागजस्‍तै आकार भएको वा माथिल्लोलाई तल उल्ट्‍याइएको कचौराको भित्री भागजस्‍तै सोचे ।

पानीको बिचमा

"पानीमा"

परमेश्‍वरले त्यो क्षेत्र बनाएर ... पानीलाई विभाजन गर्नुभयो ।

" यसरी परमेश्‍वरले क्षेत्र बनाउनुभयो र पानी विभाजन गर्नुभयो ।" परमेश्‍वर बोल्‍नुहुँदा यो हुन आयो । यो वाक्‍यले परमेश्‍वरले बोल्नुहुँदा के भयो भन्‍ने व्‍याख्‍या गर्छ ।

तब त्यस्तै भयो

"यो त्यसरी नै भयो" वा "भएको त्यही हो" ।परमेश्‍वरले जस्‍तो हुनुपर्छ भनी आज्ञा गर्नुभयो विल्‍कुल त्‍यसतै भयो ।यो वाक्यांश सम्‍पूर्ण अध्‍यायमा देखापर्छ र जहाँ देखापरेतापनि यसको समान अर्थ हुन्छ ।

साँझ ... र बिहान

यसले पूरा दिनको संकेत गर्छ । लेखक पूरा दिनको कुरा गर्छ मानौं त्यो यी दुई भागहरू थिए । यहूदीहरूको संस्‍कृतिमा, जब सूर्यास्‍त हुन्छ अर्को दिनको सुरु हुन्छ । १:५ मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

दोस्रो दिन

यसले ब्रम्‍हाण्‍डमा अस्‍तित्‍वमा आएको दोस्रो दिनको संकेत गर्छ । उत्पत्ति १:५ मा "पहिलो दिन" लाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् र यसलाई पनि त्‍यही तरिकाले अनुवाद गर्नुपर्छ कि भनी निर्णय गर्नुहोस् ।

शब्द अनुवाद