ne_tn/gal/06/intro.md

2.6 KiB

गलातीहरू ०६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्‍यायले पावलको पत्रलाई समाप्‍त गर्दछ । तिनले आखिरीमा लेखेका वचनहरू पत्रका अरू बाँकी भागसँग सम्‍बन्‍धित छ जस्‍तो लाग्दैन ।

भाइहरू

यस अध्‍यायमा पावलले ख्रीष्‍टिएनहरूलाई वचनहरू लेखेका छन् । तिनले उनीहरूलाई “भाइहरू” भनेका छन् । यसले पावलका ख्रीष्‍टिएन दाजुभाइलाई जनाउँछ र यसले तिनका यहूदी दाजुभाइलाई जनाउँदैन ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

नयाँ सृष्‍टि

येशू ख्रीष्‍टमा नयाँ जन्‍म पाएका मानिसहरू ख्रीष्‍टमा भएका नयाँ सृष्‍टि हुन् । ख्रीष्‍टमा ख्रीष्‍टिएनहरूलाई नयाँ जीवन दिइएको छ । तिनीहरू ख्रीष्‍टको विश्‍वासमा आइसकेपछि तिनीहरू आफैमा एउटा नयाँ स्‍वभाव हुन्‍छ । पावलका लागि, कुनै व्‍यक्तिको पुर्ख्‍यौलीभन्‍दा पनि यो झन् धेरै महत्त्वपूर्ण कुरा हो । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/bornagain]] अनि [[rc:///tw/dict/bible/kt/faith]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

शरीर

यो एउटा जटिल विषय हो । “शरीर” चाहिँ “आत्‍माको” विरुद्धमा हुन्‍छ । यस अध्‍यायमा भौतिक शरीरलाई जनाउनका लागि पनि शरीर शब्दको भएको छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/flesh]] अनि [[rc:///tw/dict/bible/kt/sin]] अनि rc://*/tw/dict/bible/kt/spirit)