ne_tn/gal/05/24.md

1.9 KiB

पापमय स्‍वभावलाई त्‍यसका लालसा र दुष्‍ट अभिलाषासहित क्रूसमा टाँगिदिइका छन्

आफ्‍नो पापमय स्‍वभावअनुसार जीवन बिताउन इन्‍कार गर्ने ख्रीष्‍टिएनका बारेमा पावलले यी व्‍यक्ति पापमय स्‍वभावलाई क्रूसमा मारेका छन् भनेजस्‍तो गरी लेखेका छन् । वैकल्‍पिक अनुवादः “क्रूसमा टाँगेको झैँ गरी हामीहरूले हाम्रो पापपूर्ण प्रवृतिअनुसार त्यसका लालसा र दुष्‍ट अभिलाषाहरूसहित जिउनलाई इन्कार गरेका छौँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

पापमय स्‍वभावलाई त्‍यसका लालसा र दुष्‍ट अभिलाषासहित

पापमय स्‍वभावका बारेमा यो एक जना व्‍यक्ति हो र त्‍यसका लालसा र अभिलाषा छन् भने जस्‍तो गरी भनिएको छ । वैकल्‍पिक अनुवादः “तिनीहरूका पापमय स्‍वभाव र त्‍यसका कारणले तिनीहरूले गर्नलाई ज्‍यादै इच्‍छा गरेका थोकहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)