ne_tn/gal/05/11.md

4.5 KiB

मेरा भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने, अझै पनि म किन सताइएको छु ?

मानिसहरू यहूदी हुनुपर्छ भनेर पावलले प्रचार नगरेकै कारणले मानिसहरूले तिनलाई सतावट गरेका हुन् भन्‍ने कुरामा जोड दिनका लागि तिनले हुँदै नभएको परिस्‍थिको वर्णन गर्दैछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “दाजुभाइ हो, यहूदीहरूले मलाई सताइरहेका भए पनि मैले खतना गर्नुपर्छ भनेर घोषण गरेको छैन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-hypo]])

भाइहरू

तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

त्यसो हो भनेता क्रूसको बाधा हटाइएको छ

येशूले क्रूसमा गर्नुभएको कामको कारणले गर्दा परमेश्‍वरले मानिसहरूलाई क्षमा गर्नुहुन्‍छ भनी पावलले प्रचार गरेको कारणले मानिसहरूले तिनलाई सतावट गरेका हुन् भन्‍ने कुरामा जोड दिनका लागि तिनले यहाँ हुँदै नभएको परिस्‍थिको वर्णन गर्दैछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

त्यो खण्‍डमा

“मानिसहरू यहूदीहरू हुनुपर्छ भनेर मैले अझै पनि भनिरहेको थिएँ भने”

क्रूसको बाधा हटाइएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “क्रूसका बारेमा शिक्षा दिँदा ठेस लाग्‍ने बाधा हुने थिएन” वा “क्रूसका बारेमा भएको शिक्षामा यस्‍तो केही कुरा छैन जसले मानिसहरूलाई ठेस लाग्‍ने बाधा दिन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

क्रूसको बाधा हटाइएको छ

ठेस लाग्‍नु भन्‍नाले पापलाई र ठेस लाग्‍ने कुराले मानिसहरूलाई पाप गर्न लगाउने कुरालाई जनाउँछ । यहाँको सन्‍दर्भमा, मानिसहरू परमेश्‍वद्वारा धर्मी ठहरिनका लागि येशूले हाम्रा लागि क्रूसमा मृत्‍यु भोग्‍नुभयो भनी विश्‍वास गर्नुपर्छ भन्‍ने शिक्षालाई इन्‍कार गर्नु पाप हो । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई सत्‍य इन्‍कार गर्न लगाउने क्रूसको शिक्षा हटाइएको छ” वा “येशू क्रूसमा मर्नुभएको शिक्षामा त्‍यस्‍तो केही कुरा छैन, जसले मानिसहरूलाई त्‍यो शिक्षा इन्‍कार गर्ने बनाउँछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])