ne_tn/gal/05/04.md

2.3 KiB

तिमीहरू ख्रीष्‍टबाट अलग गरिएका छौ

यहाँ “अलग गरिएका” भन्‍ने कुरा ख्रीष्‍टबाट अलग गरिएको कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “तिमीहरूले ख्रीष्‍टसँग आफ्नो सम्बन्धलाई अन्त गरेका छौ” वा “तिमीहरू ख्रीष्‍टसँग अब एकीकृत छैनौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ

यहाँ पावलले व्‍यङ्ग्‍यात्‍मक किसिमले भनिरहेका छन् । तिनले साच्‍चै सिकाउने कुराचाहिँ यो हो, कि व्‍यवस्‍थाका कामहरू सम्‍पूर्ण रूपले पालन गर्ने कोसिस गर्दैमा कोही पनि यहूदी धर्मी ठहरिन सक्‍दैन । वैकल्‍पिक अनुवादः “व्‍यवस्‍थाका कामहरू पूरा गरेर धर्मी ठहरिन सक्‍दछौँ भनी विचार गर्नेहरू सबै” वा “व्‍यवस्‍थाका कामहरू पूरा गरेर धर्मी ठहरिन इच्‍छा गर्नेहरू सबै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

तिमीहरू अनुग्रहबाट टाढा गएका छौ

त्‍यो अनुग्रह कसबाट आउँछ, सो कुरालाई स्‍पष्‍ट पार्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर तिमीहरूप्रति अनुग्रही हुनुहुने छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)